नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा जनतासामु ३७ प्रतिबद्धता लिएर जाने भएको छ । मंगलबार राजधानीमा सार्वजनिक पार्टीको घोषणापत्रमा आम जनतालाई स्वास्थ्योपचार निःशुल्क उपलब्ध गराउन प्राथमिकता दिइने प्रतिबद्धता गरिएको छ । शिक्षाको गुणस्तरमा सुधार ल्याउने, हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने, २०० युनिट बिजुली निःशुल्क दिने, कृषिबाट जनस्तरमा सुधार ल्याउन कार्यक्रम ल्याउने, घरेलु तथा ग्रामीण उद्योग विकासमा जोड दिने तथा आत्मनिर्भरतामा जोड दिने, उद्यमशीलता विक