नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३३५ जना नेताको कार्यविभाजन टुंगो लगाएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गत असोज ५–७ मा बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ गते बसेको स्थायी कमिटीको सातौं बैठकको निर्णय अनुसार नेताहरुको कार्यविभाजन गरिएको हो । सो पार्टीले नेताहरुको कार्यविभाजनसहितको अन्तरपार्टी निर्देशन देशभरका सम्पूर्ण पार्टी कमिटी एवं संगठनहरुलाई जानकारी गराएको छ अन्तरपार्टी निर्देशनमा सो पार्टीले तात्कालिक कार्ययोजना– २०७८ र बैठकले पारित गरेका २४