नेकपा माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन गरिने भएको छ । पार्टी स्थानीय तहको निर्वाचनमा होमिनुपर्ने भएपछि तत्कालका लागि पदाधिकारी चयन नगर्ने तर कार्यविभाजन गरेर जाने केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले हाललाई नेताहरुको कार्यविभाजन गरेर जाने निर्णय भएको रातोपाटीलाई बताए । तर, पदाधिकारी, पोलिटब्युरो, तथा स्थायी कमिटी गठन आगामी जेठ २० मा बोलाइएको केन्द्रीय समितिको बैठकबाट गरिनेछ । हाललाई माओवादीको केन्द्रीय समिति ३४४ जनाको हुनेछ भने जसमध्ये