नेपालमा हरेक वर्ष करिब ३ हजार मृगौला सम्बन्धी रोगका बिरामी थपिँदै गएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रकी डा. कल्पना श्रेष्ठले भनिन्, ‘नेपालमा मृगौला सम्बन्धी रोगका बिरामीको संख्या वृद्धि हुँदै गएको छ ।’ केही वर्ष अगाडिसम्म १ हजार २ सयको हाराहारीमा रहेका मृगौला रोगीहरुको संख्यामा वृद्धि भएर अहिले ५ हजार ५ सयको हाराहारीमा रहेको डा.श्रेष्ठको भनाई छ । उच्च रक्तचाप र मधुमेहका रोगीको संख्यामा वृद्धि भएसँगै मृगौलाक