नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ तर तपाईं–हामी धेरैलाई थाहा छैन, करीब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो ।
सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन् । जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो । यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो ।
यसको लम्बाइ शुरूमा ५०० मिटर थियो । एकातर्फका भाग पहिरोले पुरिएपछि १९८ मिटर बाँकी रहेको जनाइएको छ ।
चौडाइ २.५ मिटर र उचाइ ३ मिटर छ । पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बार...