काठमाडौं : साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्को वर्ष नेपालमा आयोजना हुने भएको छ।बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्यालेन्ज कपको अवसरमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सिएभिए) को सोमबार ढाकामा बसेको साधारण सभाले अर्को वर्ष महिला भलिबल नेपालमा आयोजना गर्ने निर्णय गरेको हो।नेपाल भलिबल संघले प्रतियोगिता नेपालमा आयोजना हुने निर्णय भएको जनाएको छ। यसअघि सन् २०१४ मा नेपाल भलिबल संघको आयोजनामा प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल च्याम्पियनसिप नेपालमा भएको थियो।दक्षिण ए