काठमाडौँ उपत्यकामा एकै दिन ६ हजार ९८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ५ हजार १, ललितपुरमा १ हजार १३० तथा भक्तपुरमा ८५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार बुधबारको तुलनामा सङ्क्रमण दर भने थोरैले घटेको छ । बुधबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण दर ५२.६ प्रतिशत रहेकोमा बिहीबार यो घटेर ४७.९ प्रतिशत पुगेको छ । एन्टिजेन परीक्षणमा भने सङ्क्रमण दर ३४.७ प्रतिशतबाट बढेर ३५.२ प्रतिशत पुगेको छ ।देशभर १२ हजार ३३८ जनामा कोरोनाभाइरसको