कोरोना भाइरसको दैनिक सङ्क्रमण दर २ प्रतिशत नाघ्यो

काठमाडौँ । केही दिनयता कोरोना सङ्क्रमण निरन्तर उकालो लागिरहेको छ । असार महिना लागेदेखि नै कोभिड सङ्क्रमण दर (पोजिटिभिटी रेट) बढ्दै गएको हो । यो दर बिहीबार २ प्रतिशत नाघेको छ । बुधबार त ३.८२ प्रतिशत पुगेको थियो । जबकि १५ दिनअघि असार १ मा सङ्क्रमण दर ०.६४ प्रतिशत मात्र थियो । सङ्क्रमण दर बढेसँगै सक्रिय सङ्क्रमितको संख्यामा पनि उल्लेख्य […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमित बढ्दै गएपनि यो […]

सङ्क्रमण कम भएपछि तीन महिनादेखि ल्याइएन कोरोना खोप

कोरोना भाइरसको सङ्क्रमण घटदै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको छैन । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशतभन्दा पनि कम

कोरोना सङ्क्रमण न्यून गर्न जुट्यो सरकार

नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि  बढाएको  छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका अनुसार  कोभिड–१९ को महामारी पुनः फैलिएपछि प्रारम्भिक चरणका सम्पूर्ण तयारी सुरु  गरिएको बताए ।उनले भने, “कोरोना भाइरस सङ्क्र

नेपालमा कोरोना संक्रमण दर ५ % भन्दा कममा झर्‍यो

असोज २५, कामठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । आइतवार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा संक्रमण देखिएको थियो । उनका अनुसार आइतवारको संक्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो । पछिल्लो एक महीनाको बीचमा ६० प्रतिशतले संक्रमण घटेको छ । मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको हो । कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण संक्रमण घट्दै गएको देखिएको छ । उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको छ । संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ । यस्तै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ । रासस

कर्णालीमा बिहीबार सङ्क्रमित हुने भन्दा डिस्चार्ज हुने धेरै

कर्णाली प्रदेशमा बिहीबार ११४ जनाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यो तथ्याङ्क साउन महिना यताकै बढी हो। साउन महिना सुरु भएसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक उकालो लाग्दो थियो । बिहीबार भने १०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिँदा ११४ जनाले जितेर डिस्चार्ज भएका हुन् । यो सँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ।  बुधबार प्रदेशमा ९३२ जना सक्रिय सङ्क्रमित रहेका थिए भने बिहीबार ८९७ मा झरेको छ । प्रदेशमा कहिले सङ्क