काठमाण्डौ – विदेशमा कार्यरत नेपालीहरूमा कोरोना सङ्क्रमण दर घटेको छ । पछिल्लो केही सातादेखि विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण दर घटेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताउनुभयो ।
यस्तै विदेशमा कोरोनाबाट ज्यान गुमाउने दर पनि घटेको छ । गएको साता एक जना नेपालीको पनि कोरोनाबाट विदेशमा ज्यान गएको छैन ।
अहिलेसम्म विदेशका विभिन्न २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ भने ५३ देशमा ६३ हजार ३ सय ७ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्ट...