दिल्लीमा कोभिड सङ्क्रमण दर ८.३७ प्रतिशत

दिल्लीमा मङ्गलबार पनि कोभिड–१९ सङ्क्रमणको बढ्दो तथ्याङ्कले राज्य सरकारलाई चिन्तित पारेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा नयाँ सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८१ पुगेको र यसका कारण सङ्क्रमण दर ८.३७ प्रतिशतमा पुगेको छ । यो सात महिनाको अवधिमा सबैभन्दा बढी भएको संघीय मन्त्रालयद्वारा मङ्गलबार जारी तथ्याङ्कमा उल्लेख छ । दिल्लीमा सबैभन्दा बढी सङ्क्रमण दर मे १७ मा ८.४१ प्रतिशतले रेकर्ड गरिएको थियो । सोमबार दिल्ली राज्य सरकारले चार हजार ९९ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको र सङ्क्रमण दर ६.४६ प्रतिशत रहेको जनाएको थियो । कोरोनाभाइरस ...

सम्बन्धित सामग्री

चीनद्वारा तातोपानी नाका बन्द

तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उनले बताए । तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए । “खासा क्षेत्रमा ५८ जना

सांसदहरूलाई मास्क लगाउन सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले कोभिड सङ्क्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् । उनले भने–‘कोभिड सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गर्दछु ।’ मास्क नलगाई बैठक सञ्चालन गरिरहेका सापकोटाले सो आग्रहपछि मास्क लगाएर बैठक अघि बढाएका छन् ।

कोरोना भाइरसको दैनिक सङ्क्रमण दर २ प्रतिशत नाघ्यो

काठमाडौँ । केही दिनयता कोरोना सङ्क्रमण निरन्तर उकालो लागिरहेको छ । असार महिना लागेदेखि नै कोभिड सङ्क्रमण दर (पोजिटिभिटी रेट) बढ्दै गएको हो । यो दर बिहीबार २ प्रतिशत नाघेको छ । बुधबार त ३.८२ प्रतिशत पुगेको थियो । जबकि १५ दिनअघि असार १ मा सङ्क्रमण दर ०.६४ प्रतिशत मात्र थियो । सङ्क्रमण दर बढेसँगै सक्रिय सङ्क्रमितको संख्यामा पनि उल्लेख्य […]

इटालीमा पुनः बढ्यो कोभिड सङ्क्रमण दर

२८ जेठ, रोम । इटालीको कोरोनाभाइरस सङ्क्रमण दर फेरि बढेको छ । सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार, ट्रान्समिशन दर अझै घटिरहेको छ । इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थले (आइएसएस) शुक्रबार दिएको विवरणअनुसार बिहीबार एक हप्ताको अवधिमा हप्तौँपछि पहिलो पटक सङ्क्रमण हुनेहरूको सङ्ख्या बढेर प्रति एक लाख बासिन्दाहरूमा २२२ जनामा सङ्क्रमण […]

सङ्क्रमण दर घटे पनि किन बढ्दै छ मृतक सङ्ख्या ?

नेपालमा पछिल्लो समय कोभिड सङ्क्रमण दर घटे पनि मृत्यु दर बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक साताको तथ्याङ्कलाई केलाउँदा दैनिक ७ जनादेखि १६ जनासम्मको मृत्यु भएको छ । सङ्क्रमणकै कारण माघ १ गतेदेखि २१ गतेसम्म २०१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सङ्क्रमित अस्पताल भर्ना हुने दर घटेको छैन । सरकारले माघको तेस्रो सातादेखि सङ्क्रमितको सङ्ख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेअनुसार कम हुँदै गए पनि मृत्यु दरमा भने क

दिल्लीमा कोभिड सङ्क्रमण दर बढेसँगै सावधानी अपनाउन आग्रह

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि प्रशासनले सावधानीका लागि नागरिकसँग आग्रह गरेको छ । यद्यपि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन् ।कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले सावधानीका लागि ‘एलो अलर्ट’ को सूचना जारी गरेको छ । लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्

नेपालीसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ । पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि यहाँको सरकारले उक्त सुझाव दिएको हो । दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस्रो सेमेस्टर सुरु हुँदैछ । सुरु हुने भए तापनि यहाँको शिक्षा मन्त्रालयले …

नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

सोल । दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिइएको छ । पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि यहाँको सरकारले उक्त सुझाव दिएको हो । दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस्रो सेमेस्टर शुरु हुँदैछ । सुरु हुने भए तापनि यहाँको […]

नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

काठमाडौं। दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई कोरियाली शिक्षा मन्त्रालयले तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिइएको छ। पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि यहाँको सरकारले उक्त सुझाव दिएको हो । दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस्रो सेमेस्टर सुरु हुँदैछ ।

दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उहाँ निकट अधिकारीहरूले शनिबार बताएका छन् ।यसै सन्दर्भमा केजरीवालले शनिबार एक पत्रकार सम्मेलन गर्ने बताइएको छ । सम्मेलनमा आगामी दिनमा कोभि