सुर्खेत । दैलेखकाे सदरमुकाम नारायण नगरपालिकाले १७ सय धारामा मासिक पाँच हजार लिटरको दरमा निःशुल्क खानेपानी वितरण गर्ने भएको हो । नगर प्रमुख लोमन शर्माको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सदरमुकाममा नारायण नगर साना सहरी खानेपानी आयोजना ‘सहारे’ बाट १७ सयभन्दा बढी घरमा खानेपानीका धारा जडान भइसकेका छन् । […]