काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ (काेराेना भाइरस) महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने बताउनुभएकाे छ । केही समयता मत्थर हुँदै गएको कोभिड महामारी फेरि फैलिने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनुभएको हो ।
वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसरमा आज बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भविष्यमा आउन सक्ने विभिन्न महामारीको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यकाे विकास गर्नुपर्ने बताउनुभयो । क्यान्सरजस्...