काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना महामारीको तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिएको भन्दै अत्यावश्यक काम नपरेर बाहिर ननिस्कन अनुरोध गरेका छन्।शनिबार एक भिडियो सन्देश जारी गर्दै देउवाले अत्यन्त आवश्यक परेका बेला मात्र घरबाहिर निस्कन र घरबाहिर निस्कदा मास्क लगाउन, भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नसमेत आग्रह गरेका हुन्।महामारी नियन्त्रण गर्ने सरकारको एक्लो प्रयासले मात्र महामारीसँग लड्न सम्भव नभएकाले भन्दै प्रधानमन्त्री देउवाले सबै मिलेर यसलाई