मंगलबार साँझ गोरखा नगरपालिका–८ रानीस्वाँराका हरिशरण गोदार एम्बुलेन्स चालकको खोजीमा भौँतारिए । बिरामी बुहारीलाई उपचारका लागि गोरखा अस्पतालसम्म ल्याउन उनले जिल्लाका सबैजसो एम्बुलेन्स चालकहरुलाई फोन गरे । तर उनले रातको...पूरा पढ्नुहोस् »
सुनकोशी गाउँपालिका–७ पाङगे्रटारको दुई किलोमा जेठ ११ गते एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना गराएर फरार रहेका एम्बुलेन्स चालक रबिन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना एक बृद्धाको मृत्यु भएको थियो तर चालक फरार रहेका थिए ।
एम्बुलेन्स चालक गोविन्दप्रसाद दाहाल सेती प्रादेशिक अस्पतालको आइसियु कक्षसम्म कोरोनाका पोजेटिभ बिरामी पुर्याउँदै गर्दा हतारमा हुनुहुन्थ्यो । बिरामी आइसियु कक्षसम्म पुर्याउन पाउँदा नपाउँदै अर्को बिरामी लिन जानु परेपछि उहाँ हतारो गरिरहेको अवस्थामा भेटिनु भएको हो । स्ट्रेचरको सहायताले एम्बुलेन्सबाट अरू कसैको सहयोग विना बिरामीबाहिर निकालेर उहाँ आइसियुमा राख्नुपर्ने अर्को बिरामी लिन जाँदै गर्दा त्यहाँ रहेका …
एम्बुलेन्स चालक दानबहादुर पाण्डेमाथि निर्घात कुटपिट भएको छ । गुल्मी इश्मा गाउँपालिका ४, दोहोली स्वास्थ्यचौकीका करिब ३८ वर्षीय चालक पाण्डेमाथि कुटपिट भएको हो ।
काठमाडौं।यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार एम्बुलेन्स चालक बमबहादुर गुरुङ र भेरी अञ्चल अस्पतालमा कार्यरत नर्स सुनिता सहकारीले पाएका छन्।बलबहादुर गुरुङ चीनको वुहानबाट ल्याएका विद्यार्थीलाई एयरपोर्टबाट लैजाने र त्यसयता निरन्तर यही क्षेत्रमा काम गरिरहेको भन्दै पुरस्कार प्रदान गरिएको हो।यस्तै सुनिता सहकारी भेरी अञ्चल अस्पतालमा आफू संक्रमित हुँदा र श्रीमान् बित्दा पनि कोभिड वार्डमा निरन्तर काम गरेको भन्दै पुरस्कार प्रदान गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । उनले मङ्गलबार राति एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए । पीडित खत्रीको परिवारले...
पर्सा, २ जेठ । बढी भाडा असुली गरी कालाबजारी गर्ने २ जना एम्बुलेन्स चालकाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका(१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय […]
डोटी : पछिल्लो समय डोटीमा कोरोना संक्रमित हुनेको दर वृद्धि हुँदै गएको छ।जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्ला बाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना संक्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन्।चालकले संक्रमित बिरामी बोक्न नमान्ने गरेपछि जिल्लामा समस्या उत्पन्न हुन थालेको छ। कोराना भाइरसबाट संक्रमित बिरामी बोक्न डोटी जिल्लाका एम्बुलेन्स चालक अनिच्छुक देखिएको आरोप लागेको छ।कोरोना संक्रमित बिरामीका आफन्तहरूले फोन ग
धादिङ : जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र उद्धारकर्मीहरुको लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)को अभाव बढ्दै गएको छ। बजारमा पिपिईको अभाव भएपछि धादिङका एम्बुलेन्स चालक र सोसियल भालेन्टियरहरुले आफैंले पिपिई तयार पारेर प्रयोग गर्न थालेका छन्।
एम्बुलेन्स चालक समाज धादिङ र सोसियल भालेन्टियर धादि...