एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

काठमाडौं।यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार एम्बुलेन्स चालक बमबहादुर गुरुङ र भेरी अञ्चल अस्पतालमा कार्यरत नर्स सुनिता सहकारीले पाएका छन्।बलबहादुर गुरुङ चीनको वुहानबाट ल्याएका विद्यार्थीलाई एयरपोर्टबाट लैजाने र त्यसयता निरन्तर यही क्षेत्रमा काम गरिरहेको भन्दै पुरस्कार प्रदान गरिएको हो।यस्तै सुनिता सहकारी भेरी अञ्चल अस्पतालमा आफू संक्रमित हुँदा र श्रीमान् बित्दा पनि कोभिड वार्डमा निरन्तर काम गरेको भन्दै पुरस्कार प्रदान गरिएको हो।

सम्बन्धित सामग्री

महामारीमा खट्ने दुई स्वास्थ्यकर्मीलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’

काठमाडौँ – मदन भण्डारी फाउन्डेसनले २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ भेरी अस्पतालको आइसियुमा कार्यरत कालिकोटकी स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस, काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि एक लाख रहेको छ। उक्त पुरस्कार २०७८ साल आसार १४ गते जननेता भण्डारीको ७०औँ जन्मजयन्तीका सन्दर्भमा काठमाडौँमा […]