अमेरिकाको संसद भवन नजिकै आफूसँग बिस्फोटक पदार्थ भएको भनेर धम्की दिने एक व्यक्तिलाई पक्राउ गरिएको छ । यी व्यक्तिको नाम फ्लोएड डे रोजबेरी हो, उनी ४९ वर्षका हुन् । बिस्फोटकको धम्की दिएको केही घण्टापछि फ्लोएडले आत्मसमर्पण गरेका हुन् । हाल उनको उद्देश्य पुष्टि हुन सकेको छैन । प्रहरीले ती व्यक्तिको गाडीको पनि तलासी गरिरहेको छ । संसदमा यतिबेला छुट्टी चलिरहेको छ तर त्यहाँ कर्मचारी काम गरिरहेका छन् । बिस्फोटकको धम्की दिएपछि थुप्रै भवन खाली गरिएको छ । गाडीबाट लाइभ गर्ने व्यक्तिको भिडिय