काठमाण्डाै - अमेरिकी संसद क्यापिटल हिल बाहिर हुलदङ्गा मच्चिने शङ्का गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आज संसद भवन अगाडि गर्ने प्रदर्शनका क्रममा हिंसा भड्किने पूर्व सूचना पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
आजको प्रदर्शनलाई नै मध्यनजर गर्दै संसद भवन क्यापिटल हिल बाहिर सुरक्षाका लागि अस्थायी संरचना निर्माण गरिएको छ । चुनावमा धाँधली भएको भन्दै गएको जनवरी ६ तारिखमा ट्रम्प समर्थकले अमेरिकी इतिहासमै पहिलो पटक संसद भवनभित्र पसेर हिंसात्मक गतिविध...