सरकारले निर्यातमा प्रोत्साहन दिएसँगै चालु आर्थिक वर्षको सुरुदेखि नै सिमेन्ट निर्यात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म १६ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । पाल्पा सिमेन्टको ‘तानसेन’ र अर्घाखाँची ब्रान्डका सिमेन्ट भारतमा निर्यात हुन थालेका हुन् ।