अर्घाखाँची सिमेन्ट भारत निर्यात

केही वर्षअघिसम्म सिमेन्ट तथा क्लिंकर दुवैमा भारतसँग आत्मनिर्भर रहेको नेपाल अब सिमेन्ट र क्लिंकर दुवै भारत निकासी गर्न सक्षम भएको छ । सोमबारमात्रै अर्घाखाँची सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । रुपन्देही जिल्लाको सियारी गाउँपालिकास्थित मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योग नेपालकै ठूलो सिमेन्ट उद्योगमध्येको एक हो । उद्योगले भैरहवाको बेलहिया नाका हुँदै सिमेन्ट […]

सम्बन्धित सामग्री

८ महीनामा एकपल्ट मात्रै क्लिंकर आयात

काठमाडौं । स्वदेशमै उत्पादन बढेपछि क्लिंकर आयातका लागि बाहिरिने अर्बौं रकम जोगिन थालेको छ । चार वर्षअघि सिमेन्टको कच्चा पदार्थ क्लिंकर आयातमा ११ अर्ब रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । अहिले क्लिंकर आयातमा लगभग ब्रेक लागेको ताजा तथ्यांकले देखाउँछ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीना (साउन–फागुन) मा जम्मा १९ हजार रुपैयाँ मूल्यको क्लिंकर आयात भएको छ । यस अवधिमा जम्मा एकपटक क्लिंकर आयात भएको हो । कात्तिकमा उक्त मूल्यको क्लिंकर आयात भएको देखिन्छ । भन्सार विभागका अनुसार गत आव २०७८/७९ को पहिलो महीना साउनमै ३ करोड ४३ लाख ९८ हजार रुपैयाँको क्लिंकर आयात भएको थियो । गत आव २०७८/७९ मा ३२ करोड १५ लाख रुपैयाँको क्लिंकर आयात भएको देखिन्छ ।   क्लिंकर सिमेन्टको कच्चा पदार्थ हो । अहिले क्लिंकर र सिमेन्टमा मुलुक आत्मनिर्भर भएको छ । केही उद्योगले यी दुवै वस्तु भारतमा निर्यात पनि गरिरहेका छन् । स्वदेशी आवश्यकताभन्दा बढी क्लिंकर र सिमेन्ट उत्पादन हुन थालेपछि पाल्पा र अर्घाखाँची सिमेन्ट उद्योगले यी उत्पादन निर्यात गरिरहेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल स्वदेशमा सिमेन्टको खपत कम हुँदा पछिल्लो समय क्लिंकर विक्रीमा समस्या भएको बताउँछन् । ‘सामान्य अवस्था अर्थात् पूर्वाधार निर्माणको सिजनमा करीब ८० प्रतिशतसम्म क्लिंकर खपत हुन्थ्यो, अहिले यो करीब ३० प्रतिशतमा झरेको छ,’ पोखरेलले आर्थिक अभियानसँग भने । संघका अनुसार अहिले क्लिंकर मात्रै उत्पादन गर्ने उद्योग १६ ओटा छन् । यी उद्योगले दैनिक ४० हजार मेट्रिक टन उत्पादन गर्छन् । सिमेन्ट खपत कम भएपछि उत्पादन क्षमता घटाइएको उपाध्यक्ष पोखरेलको भनाइ छ । पाल्पा ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको आरएमसी ग्रूपका कार्यकारी निर्देशक राजेशकुमार अग्रवालले राज्यको पूँजीगत खर्च कम हुँदा विकास निर्माण प्रभावित भई सिमेन्टको माग कम भएको बताए । विगतमा यस क्षेत्रमा लगानी बढ्दा अहिले मुलुक सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर हुनुका साथै निर्यात पनि भइरहेको उनको तर्क छ । आरएमसी ग्रूपबाट उत्पादित सिमेन्ट गत असारदेखि निर्यात हुँदै आएको छ । अग्रवालका अनुसार अहिले क्लिंकर पनि निर्यात हुन्छ । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले पनि आफ्नो उद्योगले क्लिंकर निर्यात गर्न थालेको जानकारी दिए । ‘छोटो समयमै क्लिंकर आयात शून्यमा झरेको छ,’ मुरारकाले भने, ‘अर्घाखाँची र पाल्पा सिमेन्ट उद्योगले हालसम्म क्लिंकर र सिमेन्ट गरेर ३० हजार मेट्रिक टन भारत निर्यात गरिसकेका छन् ।’ ‘अर्घाखाँची’ ब्रान्डमा सिमेन्ट उत्पादन गर्ने मुरारकाको उद्योगले क्लिंकर पनि उत्पादन गर्छ । ‘आयातित क्लिंकर महँगो हुने तर स्वदेशमै रहेको कच्चा पदार्थ चुनढुंगाको उपयोग नहुने अवस्था विगतमा थियो,’ मुरारकाले भने, ‘स्वदेशी कच्चा पदार्थ सदुपयोगबाट अहिले मुलुक आत्मनिर्भर भएर पनि निर्यात गर्ने अवस्थामा आइपुगेको छ ।’ पछिल्ला वर्षमा यस क्षेत्रमा स्वदेशी र विदेशी दुवै व्यवसायीले ठूलो लगानी गरेका छन् । संघका अनुसार हालसम्म सिमेन्ट उद्योगमा ३ खर्ब रुपैयाँ लगानी भएको छ । २०७२ को भूकम्पपछि पुनर्निर्माणको काम तीव्र हुँदा सिमेन्टको माग ह्वात्तै बढ्यो । त्यसपछि सिमेन्ट उद्योगमा स्वदेशी र विदेशी लगानी थपिने क्रम बढ्यो । संघका अनुसार नेपालमा अहिले करीब पाँच दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड ५० लाख मेट्रिक टन छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उत्पादकहरूले भारत निर्यातका लागि सहजीकरण गरिदिन सरकारसँग माग राख्दै आएका थिए । सरकारले निर्यातमा नगद अनुदान दिने बजेटमा घोषित कार्यक्रम कार्यान्वयन गरेसँगै उद्योगीहरूले सिमेन्ट र क्लिंकर निर्यात शुरू गरिसकेका छन् ।

अर्थतन्त्रमा निराशाको तस्बिरमा सिमेन्ट र डण्डी निर्यातले जगाएको आशा

काठमाडौं । सोमबारदेखि अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु भयो ।  गत असारदेखि तानसेन सिमेन्ट भारत निर्यात भइरहेको छ ।  तानसेन सिमेन्टले भारतीय सिमावर्ती क्षेत्रमा निर्यात बढाउनको लागि भारतका एफएम रेडियोमा विज्ञापन दिएर ब्रान्डिङको समेत काम गरेको छ ।  भारतीय एफएममा तानसेन सिमेन्टको विज्ञापन बजेको सुन्न सकिन्छ ।  अन्य आधा दर्जन सिमेन्ट कम्पनी भारतमा...

अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु

अर्घाखाँची सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत निर्यात सुरु गरेको छ । सरकारले ८ प्रतिशतसम्म नगद अनुदान दिने

अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु

भैरहवा–सरकारले निर्यातमा अनुदान दिने भएपछि अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात सुरू भएको छ। सोमबार ७० टन सिमेन्ट भारततर्फ निर्यात भएको कम्पनीले जनाएको छ।...

अर्घाखाँची सिमेन्ट निर्यात सुरु

अर्घाखाँची सिमेन्टले सोमबारदेखि सिमेन्ट भारत निर्यात गर्न थालेको छ । रुपन्देहीमा रहेको यो उद्योगले बेलहिया नाका हुँदै भारतको आनन्दनगर र नौतनवामा रहेको शुभांशु एसोसिएट डिलरलाई एक सय टन (एक हजार चार सय बोरा) पीपीसी सिमेन्ट पठाएको सो उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिनुुभयो ।

अर्घाखाँची सिमेन्ट भारत निर्यात

भैरहवा । केही वर्षअघिसम्म सिमेन्ट तथा क्लिंकर दुवैमा भारतसँग आत्मनिर्भर ररहेको नेपाल अब सिमेन्ट र क्लिंकर दुवै भारत निकासी गर्न सक्षम भएको छ । सोमबारमात्रै अर्घाखाँची सिमेन्ट निर्यात सुरु गरेको छ । रुपन्देही जिल्लाको सियारी गाउँपालिकास्थित मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमध्येको एक हो । उद्योगले भैरहवाको बेलहिया नाका हुँदै सिमेन्ट भारत निर्यात सुरु गरेको हो […]

नेपालबाट दोस्रोपटक सिमेन्ट निर्यात

३१ असोज, काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले पनि औपचारिक रुपमा भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । सोमबार उद्योगले एक कार्यक्रमको आयोजना गरेरै पहिलोपटक २ ट्रक सिमेन्ट भारत निर्यात गरेको हो । उद्योगका सञ्चालक रहेका नेपाल …