२०४६ सालको जनआन्दोलनपछिको सरकारले अवलम्बन गरेको खुला आर्थिक नीतिले नेपालमा थुप्रै बन्देज खुला गरेको छ । खास गरी आर्थिक वृद्धिदर उच्च रहने सम्भावना भएको अवस्थामा घरेलु बचतले कुल लगानीलाई थेग्न नसकेको र विदेशी लगानी भित्र्याउने कोसिस गरेका कारणले पनि नेपालमा वैदेशिक लगानीमा आशा देखिएको छ । यद्यपि बाह्य लगानी आकर्षित गर्ने नेपालमा पर्याप्त पूर्वाधार छैन ।