काठ उपयोगमा हदैसम्म गैरजिम्मेवारी: स्वदेशी कुहिएर खेर, विदेशी काठले बजार ओगट्यो

काठमाडौं । राज्य संयन्त्रकै कारण स्वदेशी काठ उपयोगमा ल्याउन समस्या देखिएको छ । विदेशबाट वार्षिक अर्बौंको काठ आयात भइरहँदा पनि ठूलो परिमाणमा रहेको स्वदेशी काठ उपयोगमा आउन सकेको सकेको छैन । यसले गर्दा देशको कुल भूभागको ४५ प्रतिशतभन्दा बढी क्षेत्र ओगटेको वनजंगलको अधिकांश काठ कुहिएर, सडेर खेर गइरहेको छ ।  अहिले नेपालमा वार्षिक ७ देखि १० करोड क्युफिट काठ आवश्यक पर्छ । देशको वनक्षेत्रबाट वार्षिक २ करोड क्युफिट काठमात्रै उत्पादन हुने गरेको छ । बाँकी आवश्यकताको लागि विदेशबाट आयातित काठमा भर पर्नुपर्ने बाध्यता छ ।  सरकारी अधिकारीका अनुसार मुलुकको वनजंगलबाट अहिले ७ देखि १५ करोड क्युफिट काठ उत्पादन गर्न सकिन्छ । तर, विद्यमान नीतिनियमका कारण स्वदेशी काठको उत्पादन बढाउन सकिने अवस्था नरहेको जानकार बताउँछन् । यही काठ कमीको समस्या सम्बोधन गर्न र विदेशबाट काठ आयात घटाउन वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ जारी गरिएको थियो ।  उक्त कार्यविधि कार्यान्वयनमा आइसकेपछि काठ उत्पादन बढेको सरोकारवाला बताउँछन् । तर, केही ठाउँमा कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई आधार बनाएर विभिन्न खाले पर्यावरणवादी एनजीओ आईएनजीओको दबाब र राजनीतिक द्वन्द्वको शिकार वैज्ञानिक वन व्यवस्थापन कार्यविधि भएको उनीहरूको आरोप छ ।  काठ व्यवसायीहरू २०७७ सालमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज भएपछि देशभरका ८ सयभन्दा बढी वनजंगलमा ३ वर्षदेखि रूख कटान कार्य रोकिएको दाबी गर्छन् । वन मन्त्रालयले वैज्ञानिक वन व्यवस्थापन कार्यविधिको खारेजीपछि दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड २०७८ तयार पारेको थियो । तर, यतिका समय बितिसक्दा पनि त्यो मापदण्ड कार्यान्वयनमा आएको छैन ।  वन व्यवस्थापन विज्ञ विष्णु ज्ञवाली वनक्षेत्रको प्रशासनिक नेतृत्वले बुझाउन नसक्दा र राजनीतिक नेतृत्वले बुभ्mन नचाहँदा कार्यान्वयनमा समस्या देखिएको बताउँछन् । ‘प्रशासनिक नेतृत्वले आप्mना कुरा स्पष्ट रूपले बुझाउन नसकेको देखिन्छ । राजनीतिक नेतृत्वलाई विभिन्न हिसाबले कार्यान्वयन नगर्ने दबाब आउनुका साथै उनीहरूमा रहेको विषयगत ज्ञानको अभाव र इच्छाशक्तिको कमी पनि कारक हुन्,’ उनले भने । काष्ठ व्यवसायमा प्रायः साना लगानीकर्ता मात्रै भएको र ठूला लगानीकर्ता आउन नसकेकाले पनि राजनीतिक नेतृत्वलाई दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याउन आवश्यक दबाब नपरेको विज्ञ ज्ञवालीको भनाइ छ । . व्यावसायिक क्षेत्रबाट झन्झटिलो प्रक्रिया, कर्मचारीतन्त्रको असहयोगका साथै नेपाली काठको महँगो मूल्यको कारण पनि विदेशबाट हुने आयात बढेको कुरा आउने गरेको छ । वन विभागका निमित्त महानिर्देशक नवराज पुडासैनी खरीद प्रक्रियालाई छिटो टुंग्याउनुपर्ने आवश्यकता रहेको स्वीकार्छन् । तर, जनशक्ति अभावका कारण तत्काल त्यो सम्भव नहुने उनको भनाइ छ ।  महँगो मूल्यका सन्दर्भमा निमित्त महानिर्देशक पुडासैनीले भने, ‘राजस्व कम गर्ने कुरा हुँदैन । तर, पछिल्लो समय प्रविधिको विकासले लागत कम परिरहेको हुँदा कटानदेखि घाटगद्दीसम्मको मूल्यचाहिँ घटाउनुपर्ने भइसकेको छ ।’ दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड, २०७८ कार्यान्वयनमा आएपछि धेरै कुरा सम्बोधन हुने उनको भनाइ छ ।  वन मन्त्रालयका अधिकारीहरू चाहिँ विभागीय मन्त्री नभएको विषयलाई देखाउँदै दिगो वन व्यवस्थापनको लागि राष्ट्रिय मापदण्ड, २०७८ कार्यान्वयनबाट पन्छिने गरेका छन् । आर्थिक अभियानसँगको कुराकानीमा वन मन्त्रालयका प्रवक्ता सोमनाथ काफ्लेले भने, ‘मन्त्रीज्यू नहुँदा प्रतिवेदनबारेको छलफल अगाडि बढ्न सकेको छैन ।’ विभागीय मन्त्री आइसकेपछि छलफल गरेर कार्यान्वयन प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

रौतहटमा तस्करीको काठ बरामद

रौतहट : जिल्लाको वृन्दावन नगरपालिका– ८ बर्गजवा टोलबाट मंगलबार प्रहरीले तस्करीको काठ बरामद गरेको छ। रौतहट प्रहरीले ४० क्युफिट सालको काठ बरामद गरेको जनाएको छ।बर्गजवा टोलस्थित बाटोको छेउमा रहेको परालभित्र सालको गोलिया लुकाई राखेको अवस्थामा प्रहरीले पाँच थान सालको गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बरामद भएको काठ कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार जिल्लामा पछिल्लो समय काठ चोरी

बेवारिसे अवस्थामा काठ बरामद

बेवारिसे अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ।मधुवन नगरपालिका–९ धर्मबस्ती स्थित बेवारिसे अवस्थामा रहेको प्रहरीले शनिबार काठ बरामद गरेको हो।...

५० करोड बढीको काठ निर्यात

धनकुटा । धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ (लकडी) तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ । जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको […]

सर्लाहीमा रोकिएन काठ तस्करी

चुनाव नजिकिँदै जाँदा सर्लाहीको बनबाट काठ तस्करी बढेको पाइएको छ। बनबाट काठ तस्करी बढेको गुनासो बढेपछि वन कार्यालय बल्ल चनाखो बनेको छ।...

६८ थान काठ बरामद

सिराहा– सिराहामा वन कार्यालयको कर्मचारी र काठ तस्करको मिलेमतोमा स-मिलमा ल्याइएको ६८ थान काठ  बरामद गरिएको छ । काठ तस्करहरूले अवैध रुपमा कटान गरी स-मिलसम्म ल्याएको खयरको काठ डिभिजन वन कार्यालय लाहानको टोलीले बरामद गरेको हो  । मिर्चैया नगरपालिका–९ कमलदहमा रहेको सामुदायिक वन घुर्मी डाँडाको नर्सरीबाट खयर र सिसौ जातका रूख कटानपछि चोरी निकासी गरी […]

स्वदेशी काठ उत्पादनमा कमी, विदेशी काठ आयात बढ्दो

नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ। नेपाल सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार चालू आवको गत फागुनसम्म सो परिमाणमा काठ उत्पादन भएको देखिएको हो।...

सशस्त्र प्रहरीद्वारा काठ बरामद

सुर्खेतमा सशस्त्र प्रहरीले काठ बरामद गरेको छ। निर्वाचन केन्द्रित सुरक्षा गस्तीमा हिँडेको रक्तकाली गणबाट गस्तीमा खटिएका सशस्त्र प्रहरीले काठ बरामद गरेका हुन्।...

फर्निचर उद्योगबाट अवैध काठ बरामद

रौतहटके एक फर्निचर उद्योगबाट अवैध काठ बरामद भएको छ। वनबाट अवैध रुपमा ल्याइएको साल र सिसौको काठ डिभिजन वन कार्यालयले बरामद गरेको हो।...

साइकलसहित काठ बरामद

रौतहट प्रहरीले काठसहित सातवटा साइकल बरामद गरेको छ। अवैधरुपमा साइकलमा काठ बोकेर गइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीको टोलीले काठ र साइकल बरामद गरेको हो।...

सालको काठ बरामद

सर्लाही : अवैध रूपमा लुकाई राखेको सालको काठ सब डिभिजन वन कार्यालय मूर्तियाले बरामद गरेको छ।बागमती नगरपालिका–२ हरिवन खोलाको किनार लहरीबारीबाट सात थान गोलिया सालको काठ आज दिउँसो बरामद गरिएको हो।सुराकीको आधारमा ४० क्यूफिट बराबरको बेवारिसे अवस्थामा सालको काठ बरामद गरेको सब डिभिजन वन कार्यालय मूर्तियाका जमदार अमर पाख्रिनले जानकारी दिए।काठ अहिले मूर्तिया वन कार्यालयमा राखिएको छ। काठ कसले काटेर राखेको हो‚ त्यसको अनुसन्धान भइरहेको छ। काठको सरकारी मूल्य १ लाख ६० हजार रहेको उनले बताएका छन्।&nb