सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनाको जंगलमा काठ तस्करी बढेको छ । पछिल्लो समय यस परियोजना क्षेत्रको जङ्गलमा दैनिकजसो काठ तस्करी हुन थालेको हो । सयौं साल तथा मसलाका रुख तस्करको निसानामा परेका छन् । यस क्षेत्रको जंगलमा अहिले तस्करले काटेको रुखका ठुटा यत्रतत्र छरिएको अवस्थामा पाइएको छ । आयोजनाका कर्मचारी गत ११ महिनादेखि विभिन्न […]
सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका ६ भवानीपुरबाट चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ परेका छन् ।
बरहथवा नगरपालिका १६ कटानी घर भएका ४२ वर्षीय रामचन्द्र महरा चमारलाई पक्राउ गरिएको सब डिभिजन वन कार्यालय मुर्तियाका जम्दार अम्बरबहादुर पाख्रिनले जानकारी दिनुभयो । काठसहित पक्राउ परेका चमारलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सर्लाहीमा पठाएको छ ।
काठ तस्करीमा संलग्न अर्का एक जना भागेका छन् । तस्करले सर्लाहीका जङ्गलबाट साल, सिसौ, खयर जातको काठ तस्करी गर्ने गरेका छन् ।
...