आईएमई लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड

काठमाण्डौ – आईएमई लिमिटेडको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । आज आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । आईएमईले आफ्नो एक अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण शेयर (आईपीओ) सर्वसाधारणका ल...

सम्बन्धित सामग्री

दुई नयाँ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा दिए निवेदन

काठमाडौं । दुई ओटा नयाँ जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् । रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।  लाफिङ्ग बुद्ध पावरले ६५ लाख ७७ हजार कित्ता साधारण शेयर निष्कासन गर्नका लागि पुस २ गते निवेदन दिएको हो । विक्री प्रबन्धक नेपाल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । त्यस्तै रिड्जे लाईन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता साधारण शेयर निष्कासन गर्न मङ्सिर २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।  यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गर्नेछन् । दोस्रो चरणमा भने सर्वसाधारणको लागि आईपीओ निष्कासन गरिनेछ ।

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियाे निवेदन

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा मङ्सिर १९ गते निवेदन दिएको हो ।  विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सोलु र टक्सार पिखुवाखोला  हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिए

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका छन् । सोलु हाइड्रोपावर लिमिटेडले असोज २३ गते र टक्सार पिखुवाखोला हाइड्रोपावरले असोज २६ गते सेबोनमा निवेदन दिएका हुन ।  सोलु हाइड्रोपावरले २ करोड कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । त्यस्तै टक्सार पिखुवाखोला हाइड्रोपावरले ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि मात्रै यी दुबै कम्पनीले आईपीओ निष्कासन गर्नेछन् ।  पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि आईपीओ निष्कासन पछि दोस्रो चरणमा सर्वधारणमा निष्कासन गर्नेछन् ।

आइएमई लिमिटेडले १० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

काठमाडौं । आइएमई लिमिटेडले सर्वसाधारणमा १० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १० करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा विक्री गर्ने तयारी गरेको हो । उक्त आईपीओ निष्कासनका लागि कम्पनीले असार २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको छ ।   यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । आइएमई लिमिटेडले दुई दशकभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

रावा इनर्जीले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो अनुमति

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट फागुन २५ गते अनुमति पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्न अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।  कम्पनीले  खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकास्थित रावा खोलामा ३ मेगावाटको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना सञ्चालनमा गरिरहेको छ ।

मायाखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

जेठ ४, काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३४ लाख कित्ता आईपीओ निष्कास गर्नका लागि गत वैशाख २८ गते निवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले सङ्खुवासभामा १४ दशमलव ९ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रवर्द्धकमा पशुपति इनर्जी डेभलपमेन्ट प्रालि रहेको छ ।

२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

जेठ ४, काठमाडौं । दुई ओटा अलग अलग कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।  भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्कासन गर्नका लागि २०७८ चैत २ गते निवेदन दिएको थियो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत वैशाख ८ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   यी दुई ओटै कम्पनीहरुले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

पिपुल्स पावरले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति

पुस ३०, काठमाडौं । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुस २७ गते निवेदन दिएको हो ।  विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

तीन ओटा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

साउन १९, काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीले आईपीओ निष्कासन गर्नका लागि मंगलवार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  रिलायबल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।  रिलायबल लाइफ इन्स्योरेन्सले अंकित मूल्य रू. १०० मा थप रू. ११२ प्रिमियम थपेर प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि साउन १२ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । त्यस्तै, रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता सर्वसाधारण र स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।  कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।