काठमाडौं । आइएमई लिमिटेडले सर्वसाधारणमा १० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १० करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा विक्री गर्ने तयारी गरेको हो । उक्त आईपीओ निष्कासनका लागि कम्पनीले असार २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको छ ।
यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । आइएमई लिमिटेडले दुई दशकभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।