एएफसी महिला एसिया कप छनोटमा नेपालले फिलिपिन्ससँग खेल्दै, गरियो दोस्रो पीसीआर
फिलिप्सले छनोटका लागि मौका पनि भएकाले मौकाको सदुपयोग गर्ने बताएका छन् । टोलीले उज्वेकिस्तान पुगेर बुधबार गराएको पहिलो पीसीआर परीक्षणमा सबैको नेगेटिभ आएको थियो भने दोस्रो परीक्षण पनि गराइएको छ ।
एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ७ खेलाडीले पहिलो पटक स्थान बनाउन सफल भएका थिए। छनोट चरणको तयारीका लागि करिब ६ सातादेखि बन्द प्रशिक्षणमा रहेको नेपालले हालै मात्र बंगलदेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो।
२ असोज, काठमाडौं । एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ । समूह एफ मा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् […]
काठमाडौँ– एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल […]
काठमाडौँ– एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]
काठमाडौँ- बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ। शरथ रंगशालामा आइतबार भएको खेलमा नेपाली टोलीले गोल गर्न सकेन। बंगलादेशले सुधारिएको प्रदर्शन गर्दै नेपाली टोलीलाई दबाब दिएको थियो। यसअघि पहिलो खेलमा नेपालले २-१ गोलको जित हात पारेको थियो। एएफसी महिला एसिया कप छनोटको तयारीका लागि नेपालले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल […]
काठमाडौँ- नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग २ वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने भएको छ। दुवै खेल दशरथ रंगशालामा हुनेछन्। अखिल नेपाल फुटबल संघ-एन्फाका अनुसार सेप्टेम्बर ९ र १२ तारिखमा ती खेलहरु हुने छन्। नेपालले एएफसी महिला एसिया कप छनोटका लागि तयारी गरिरहेको छ। उक्त छनोट प्रतियोगितामा नेपालले हङकङ, फिलिपिन्स र उज्वेकिस्तानसँग खेल्ने छ।
RajdhaniDaily.com | काठमाडौं । दुई महिनापछि स्वदेशमा हुने एएफसी महिला एसिया कप छनोटको तयारीका लागि राष्ट्रिय महिला फुटबल टोलीको १० दिनपछिबाट प्रशिक्षण सुरु हुने भएको छ । - एएफसी महिला एसिया कप छनोट
काठमाडौ । एसियन फुटबल संघ (एएफसी)ले एएफसी महिला एसिया कप छनोटको ‘ड्र’सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक भएको ‘ड्र’अनुसार नेपाल समूह ‘एफ’मा छ। यससमूहमा नेपालसँगै फिलिपिन्स र हङकङ परेका छन्। छनोटका खेलहरु नेपालमै गराउने एन्फाको तयारी छ।छनोटका लागि एसियाका २८देशलाई आठ समूहमा विभाजन गरिएको छ। समूह विजेता टोली आउँदो जनवरी२०देखि फरवरी६सम्म भारतमा सञ्चालन हुने हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ।
काठमाडौं- एएफसी महिला एसिया कप छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने भएको छ। समूह एफमा रहेका यी तीन टोलिमध्ये विजेता टोली भारतमा हुने एसिया कपमा छनोट