नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ- नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग २ वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने भएको छ। दुवै खेल दशरथ रंगशालामा हुनेछन्। अखिल नेपाल फुटबल संघ-एन्फाका अनुसार सेप्टेम्बर ९ र १२ तारिखमा ती खेलहरु हुने छन्। नेपालले एएफसी महिला एसिया कप छनोटका लागि तयारी गरिरहेको छ। उक्त छनोट प्रतियोगितामा नेपालले हङकङ, फिलिपिन्स र उज्वेकिस्तानसँग खेल्ने छ।

सम्बन्धित सामग्री

भारतसँग नेपालको रोचक बराबरी

खेलको अन्तिममा नेपालकी सावित्रा भण्डारीले सानदार गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोली र भारतबीचको मैत्रीपूर्ण खेल रोचक बराबरीमा सकिएको छ ।