कैलाली । रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश किसानले असार १५ गतेसम्म पनि रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ सुविधा उपलब्ध भएका कतिपय किसानले भने रोपाइँ गरिरहेका छन् । लामो समयदेखिको खडेरी र सुक्खा मौसमका कारण बोरिङ र हेण्डपम्पमा समेत पानी आउन छाडेपछि रोपाइँ कसरी गर्ने भन्ने समस्या आएको किसानले बताएका छन् । […]