लमजुङमा ४० प्रतिशत रोपाइँ सकियो

लमजुङ – लमजुङमा ४० प्रतिशत रोपाइँ सकिएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४० प्रतिशतसम्म रोपाइँ सकिएको हो। मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष लमजुङमा रोपाइँ चाँडै सुरु गरिएको थियो। लमजुङका ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै […]

सम्बन्धित सामग्री

अहिलेसम्म २७ प्रतिशत रोपाइँ

काठमाण्डाै – देशभर अहिलेसम्म झन्डै २७ प्रतिशत धान रोपाइँ भएको छ । गएकाे वर्ष असार २१ गतेसम्म झन्डै ४० प्रतिशत रोपाइँ भएकोमा यस वर्ष झन्डै १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीवारसम्म झन्डै २७ प्रतिशतमात्र रोपाइँ भएको उहाँले बताउनुभयो । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो । आउँदाे साउन १५ गतेसम्म सामा...

सुदूरपश्चिममा ४० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकियो

कैलाली । रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो ।  कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिए ।  पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ । “रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएका ठाउँमा किसानले बोरिङ पम्पिङसेटबाट पानी तानेर पालौपैँचो गरी रोपाइँ धमाधम गरिरहेका छन्”, निर्देशनालयका निर्देशक जोशीले भने, “धान मुख्य खाद्यान्न बाली भएकोले कम्तिमा पनि एक दिन किसानको धान रोपाइँमा सबैले सघाउनु जरुरी भइसकेको छ ।” सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । योमध्ये कैलाली जिल्लामा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । यस्तै डोटीमा १० हजार छ सय ७०, डडेलधुरामा छ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा नौ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको तथ्याङ्क कृषि निर्देशनालयसँग छ । कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा रोपाइँ गरेर ‘चैते धान खेती’ पनि गर्ने गरिन्छ । प्रदेशमा ७३ हजार छ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क छ । धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ । कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा नेपाली समाजमा धानको महत्त्व सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक क्रियाकलापसँग समेत जोडिएकाले यसको उत्पादन र उत्पादकत्व वृद्धिमा सबैको सक्दो सहयोग खाँचो औँल्याउँछन् । मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन् । मनसुन सक्रिय रहे पनि आजसम्म कैलाली र कञ्चनपुरसहितका जिल्लामा ठूलो वर्षा हुन सकेको छैन ।  पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ गतेसम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त मानिन्छ । ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोगकिराको समस्या देखा पर्नसक्ने कृषि प्राविधिकको भनाइ छ । रासस

पानी नपर्दा रोपा धान डढ्न थाल्यो, कपिलवस्तुमा अझै ४० प्रतिशत रोपाइँ हुन बाँकी

पानी नपर्दा रोपिएको धान खेतमा धुजा पर्न थालेका छन्। यस्तै पानी र सिंचाइ अभावले अझै जिल्लाका ४० प्रतिशत खेतमा रोपाइँ हुन नसेको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ।...

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी

काठमाडौँ,२ साउन । यहाँ अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ । सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन् । कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता […]

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी, ‘वर्षा नै नभएपछि कसलाई दोष लगाउनु?’

काठमाडौं : पर्वत जिल्लामा अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ। सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन्। कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि…

सिन्धुलीमा मलबिना नै ४० प्रतिशत धान रोपाइँ सम्पन्न

सिन्धुली । सिन्धुली जिल्लामा किसानहरूले खेती लगाउने मलको अभाव भएको अवस्थामा पनि मलबिना नै ४० प्रतिशत धान रोपाइँ सकिएको छ । लगातार मौसमी वर्षा भइरहेको र धानको बीउसमेत ब्याडमा छिपिंदै गएको अवस्थामा स्थानीय किसानहरूले मलको पर्खाई छाडेर धान रोपाइँ गरेका हुन् । कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीका शाखा प्रमुख नवराज महतका अनुसार जिल्लामा गत फागुन […]

सुदूरपश्चिममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०–४० प्रतिशत, कैलाली र बाजुरामा ३५–३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको […]

सुदूरपश्चिममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडाैँ- डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०-४० प्रतिशत, कैलाली र बाजुरामा ३५-३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको छ। […]

लमजुङमा ४० प्रतिशत रोपाइँ सकियो

लमजुङमा बर्खे र चैते धान गरी १३ हजार २ सय ५० हेक्टरमा धान खेती गरिन्छ । जिल्लाको खेतीयोग्य जमिनमा यतिबेला बर्खे धान रोप्ने काम भइरहेको छ । जिल्लामा समग्रमा ४० प्रतिशत...

देशभर अहिलेसम्म झन्डै २० प्रतिशत मात्रै रोपाइँ : मल र सिँचाइ अभावले असर

काठमाण्डाै - देशभर अहिलेसम्म झन्डै २० प्रतिशत रोपाइँ भएको छ । गएको असार १२ गतेसम्म १७ दशमलव ५ प्रतिशत रोपाइँ भएकोमा त्यसपछिका तीन दिन असार १५ सम्म थप साढे दुई प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ । विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुन्थ्यो तर यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको प्रारम्भिक तथ्याङ्क छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ । सुदूरपश्चिममा झन्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक वि...