टोकियो ओलम्पिकमा महिला फुटबल र सफ्ट बलका खेल सुरु

एजेन्सी । टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबल र सफ्ट बलका खेलहरु हिजोबाट सुरु भएका छन् । ओलम्पिकको औपचारिक उद्घाटन भोलि हुने भएपनि केही टिम गेम्स भने हिजै सुरु भएका हुन् । महिला फुटबलको पहिलो खेलमै उपाधि दाबेदार अमेरिका पराजित भएको छ । उसलाई स्विडेनले ३–० ले हराएको हो । यो हारसँगै अमेरिकी महिला फुटबल टिमको ४४ […]

सम्बन्धित सामग्री

महिला फुटबल एकेडेमी भवन चार वर्षदेखि अलपत्र

रौतहट :  जिल्लाको चन्द्रपुर नगरपालिका ६ मा रहेको महिला फुटबल एकेडेमीको भवन अलपत्र परेको छ।शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा रहेको महिला फुटबल एकेडेमीको काम सम्पन भएको भए पनि सर्वोच्च अदालतले सञ्चालनमा रोक लगाएपछि भवन अलपत्र भएको हो।वन क्षेत्रमा अनधिकृत रुपमा महिला फुटबल एकेडेमी निर्माण सुरु गरेको भन्दै अधिवक्ता सुजित केसीले दायर गरेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले एकेडेमीका विषयमा भए/गरेका निर्णय यथास्थितिमा राख्न २०७६ माघमा अन्तरिम आदेश जा

नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दै

काठमाडौँ– १९औँ एसियन गेम्सको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । एसियन गेम्सको तयारीस्वरुप बंगलादेशसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली ढाका पुगेको हो । गोलकिपर एन्जिला तुम्बापो […]

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाको हिजो बसेको बैठकले मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासङ्घको प्रस्ताव स्वीकार गर्ने निर्णय समेत गरेको छ । मैत्रीपूर्ण खेल आउँदो फेब्रुअरी १३ देखि २५ तारिखभित्र भारतमा हुनेछ । एन्फाको आकस्मिक कार्यसमितिको बैठकले विभिन्न आठ वटा निर्णय समेत गरेको छ । बैठकले महान फुटबल खेलाडी पेलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै शहीद स्मारक ‘ए’ डिभिजन लिग आउँदो फागुन १९ र शहीद स्मारक ‘बी&rs...

१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि

काठमाण्डाै - दोस्रो संस्करणको साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि बङ्गलादेशमा सुरु हुँदैछ । आज नै नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशविरुद्ध खेल्दैछ । खेल बेलुका सात बजे सुरु हुनेछ ।   यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण १८ वर्षमुनिको टिमबीच भएको थियो । त्यतिबेला  फाइनलमा नेपाललाई १–० ले पराजित गर्दै बङ्गलादेशले पहिलो संस्करणको उपाधि जितेको थियो । बङ्गलादेशपछि नेपालले दोस्रो खेल श्रीलङ्कासँग आउने २९ गते खेल्नेछ ।

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह र महासचिव इन्द्रमान तुलाधरलगायतले सोमबार एक कार्यक्रमकबीच बिदाइ गरे । […] The post महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रिपूर्ण महिला फुटबल बराबरीमा

काठमाडौं, भदौ २७ । नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरीमै चित्त बुझाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले अहिलेसम्म बंगलादेशसँग हार खानु नपरेको भए पनि मैत्रिपूर्णमा जित निकाल्दै घरेलु मैदानमा आफ्नो शान कायम राख्न चाहन्थ्यो । खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने थुप्रै […]

मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपालमा (भिडियोसहित)

काठमाडौँ– नेपालसँगको मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ । यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारीलगायतले स्वागत गरे । उक्त मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ […]

बंगलादेशी महिला फुटबल टोली नेपालमा

नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार नेपाल आइपुगेको छ। यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशी महिला फुटबल टोली...

महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बंगलादेशसँग दुई खेल खेल्ने पक्का भएको जनाएको हो । नेपालले बंगलादेशी टोलीसँग भदौ २४ र २७ गते दशरथ रंगशालामा खेल्नेछ । बंगलादेशी टिम सेप्टेम्बर ६ मा नेपाल आउनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी […]