भिजिबिलिटीका कम हुँदा जहाज नेपाली आकाशमै होल्ड

काठमाडौं, १३ बैशाख । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएको कारण अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । विमानस्थलको कमजोर भिजिबिलिटीको कारण काठमाडौं आएका सिंगापुर, मुम्बईबाट आएका जहाजहरु नेपाली आकाशै फन्को मारीरहेका हुन् । विमानस्थलले जहाज होल्ड गराएर निश्चित समयमा एक–एक गरेर उडान र अवतरण गराउने जनाएको छ।

सम्बन्धित सामग्री

विशेष अवस्था बाहेक जहाज होल्डिङ घट्यो : त्रिभुवन विमानस्थल

२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले विशेष अवस्था बाहेक जहाज ‘होल्डिङ’ घटेको जनाएको छ । काठमाडौंको आकासमा अधिक चाप हुँदा जहाज बढी समय होल्ड गर्नुपरेको भन्दै विमानस्थल प्रशासनको आलोचना हुँदै आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले सोमबार विज्ञप्ति जारी गर्दै विशेष अवस्था बाहेक होल्डिङ घटेको बताएका हुन् । आन्तरिक आगमन टर्मिनलको छुट्टै […]

लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?

–सिबी अधिकारी/ यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍याे । काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्‍याे । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको […]

अवतरण भयो सन्दीप लामिछाने आएको कतार एयरलाइन्सको जहाज

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने आउने भनिएको कतार एयरवेजको जहाज आधा घन्टासम्म आकाशमा होल्ड भई  त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। उक्त जहाज निर्धारित समयभन्दा ५० मिनेट ढिलो काठमाडौँस्थित विमानस्थलमा अवतरण गरेको हो। खराब मौसमका कारण कतार एयरवेजको उक्त जहाज अवतरण गर्न नसकी ओभरसुट गरिएको थियो।  हो। क्यूटीआर ६४८ कलसाइन भएको उक्त जहाज  काठमाडौँको आकाशमा खराब […]

सन्दीप आउने भनिएको जहाज मौसमका कारण आकाशमै होल्ड

काठमाडौँ – नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आउने भनिएको कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि ओभरसुट गरिएको छ। खराब मौसमका कारण कतार एयरवेजको उक्त जहाज अवतरण गर्न नसकी ओभरसुट गरिएको हो। क्यूटीआर ६४८ कलसाइन भएको उक्त जहाज अहिले काठमाडौँको आकाशमा होल्ड गरिएको छ। क्रिकेटर लामिछानेले बिहीबार बिहान काठमाडौँ अवतरण गर्ने जानकारी […]

सन्दीप रहेको भनिएको कतार एयरवेजको जहाज ओभरसुट, ल्यान्ड गर्न नसकेपछि आकाशमै होल्ड

काठमाडौं : कतार एयरको जहाज एप्रोच नमिलेपछि ओभरसुट गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा मौसमका कारण एप्रोच नमिलेपछि ओभरसुट गरेको हो। विमानस्थलका एक कर्मचारीका अनुसार यो जहाज अहिले आकाशमै होल्ड भएको छ। नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थल  पुगेको छ।…

चरा ठोक्किएपछि भैरहवामा जजिरा एयरलाइन्सको जहाज होल्ड

काठमाडौं । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको भैरहवामा होल्ड गरिएको छ। चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ । हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा नदेखिएको विमानस्थलका अधिकारीले […]

जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएपछि भैरहवामा होल्ड

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको  भैरहवामा होल्ड गरिएको छ।  चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ ।हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा नदेखिएको विमानस्थलका अधिकारीले  बताएका छन्। पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोकिएको आशङ्का गरेका छन् । १ सय २१ जना यात्रु बोकेर आएको जजिरा एयरलाइन

त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका कारण जहाज आकासमै होल्ड

१९ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान भइरहेको छ । जसका कारण नेपालको आकासमा जहाजहरु होल्ड हुन पुगेका छन् । त्रिभुवन विमानस्थलको आकासमा एरोथाइको जहाजले फन्को मार्दै परीक्षण गरिएको छ । जसका कारण कतार एयरवेजका दुई वटा जहाज आकासमै होल्डमा परेका छन् । दिल्लीबाट आएको भिस्तारा एयरवेजको जहाजसमेत होल्डमा परेको छ । यसबाहेक […]

मैसमले जहाज आकासमै होल्ड हुँदा एक यात्रु बेहोस

मौसम प्रतिकुलताका कारण आज बिहानका तीनवटा आन्तरीक तर्फका उडान होल्ड भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध, श्री र यति एयरलाइन्सका जहाज करिव एक घन्टा आकाशमै होल्ड गर्नुपरेको...