त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका कारण जहाज आकासमै होल्ड

१९ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान भइरहेको छ । जसका कारण नेपालको आकासमा जहाजहरु होल्ड हुन पुगेका छन् । त्रिभुवन विमानस्थलको आकासमा एरोथाइको जहाजले फन्को मार्दै परीक्षण गरिएको छ । जसका कारण कतार एयरवेजका दुई वटा जहाज आकासमै होल्डमा परेका छन् । दिल्लीबाट आएको भिस्तारा एयरवेजको जहाजसमेत होल्डमा परेको छ । यसबाहेक […]

सम्बन्धित सामग्री

क्यालिब्रेसन फ्लाइटका लागि पोखरा आइपुग्यो एरो थाई

बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।

‘क्यालिब्रेसन फ्लाइट’का लागि पोखरा आइपुग्यो एरो थाइको जहाज

पोखरा – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि एरो थाइको विशेष जहाज पोखरा आइपुगेको छ। शनिबार बिहान एरो थाइको जहाज पोखरा विमानस्थलमा आइपुगेको हो। एरो थाइको जहाजले अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट मंसिर ५ देखि १२ गतेसम्म गर्नेछ। बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट तय भएको […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको प्राविधिक चेकजाँच (क्यालिब्रेसन फ्लाइट) शुक्रबार हुँदैछ। क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष जहाज एरो थाई बिहीबार भैरहवा आइपुगेको छ। थाइल्याण्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस ९ एआइएम’ जहाज भैरहवा विमानस्थल आएको हो। सो जहाजमार्फत विमानस्थल उडान र अवतरणका लागि ठीक छ कि छैन भनेर परीक्षण गरिनेछ। क्यालिब्रेसन फ्लाइट […]

क्यालिब्रेसन फ्लाइटका लागि गौतमबुद्व विमानस्थलमा आइपुग्यो ‘एरो थाई’ को जहाज

बुटवलः रूपन्देहीको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि सुरु हुने ‘क्यालिब्रेसन फ्लाइट’ का लागि थाइल्याण्डबाट एरो थाईको जहाज बिहीबार साँझ विमानस्थलमा आइपुगेको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ। विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि शुक्रबारदेखि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको बताए। …

फागुन ९ गते भैरहवामा ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

काठमाडौं । ढिलो गरी निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । विमानस्थल कसलाई सञ्चालनको जिम्मा दिने भन्ने निर्णय नभए पनि आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको छ भने आगामी बुद्ध जयन्तीदेखि नियमित उडान शुरु गर्ने सरकारको योजना छ । राससका अनुसार आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । शनिवार दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात् उनले भने, ‘मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।’ हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिबे्रशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिएका छन् । उनले भने, ‘कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।’   मन्त्री आलेले भने, ‘सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौं ।’ लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्नेछ । एरोथाइका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भने, ‘यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिबे्रशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ गर्ने तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।’       भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर रू. साढे सात अर्ब लगानी भइसकेको छ ।

गौतमबुद्ध विमानस्थल परीक्षण उडानका लागि तयार

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण आयोजना आईसीबी टु का प्रमुख प्रविण न्यौपानेले बताउनुभयो ।