सन्दीप आउने भनिएको जहाज मौसमका कारण आकाशमै होल्ड

काठमाडौँ – नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आउने भनिएको कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि ओभरसुट गरिएको छ। खराब मौसमका कारण कतार एयरवेजको उक्त जहाज अवतरण गर्न नसकी ओभरसुट गरिएको हो। क्यूटीआर ६४८ कलसाइन भएको उक्त जहाज अहिले काठमाडौँको आकाशमा होल्ड गरिएको छ। क्रिकेटर लामिछानेले बिहीबार बिहान काठमाडौँ अवतरण गर्ने जानकारी […]

सम्बन्धित सामग्री

किन १ दिनमै फर्किए निजी जहाज लिएर नेपाल घुम्न आएका ७३ जना अमेरिकी अर्बपति ?

अमेरिकाबाट ७३ जना अर्बपतिहरु निजी जहाज लिएर नेपाल घुम्न आएका छन् । नेसनल जोग्राफिक सोसाइटीको निजी जहाज (बोइङ ७५७) लिएर अमेरिकी अर्बपतिहरुको जम्बो टोली नेपाल घुम्न आएको हो । अमेरिकी अर्बपतिहरु सवार जहाज मंगलबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपालका विभिन्न गन्तव्यमा घुम्ने गरी आएको भएपनि खराब मौसमका कारण उनीहरुले पूर्वनिर्धारित गन्तव्य भने घुम्न पाएनन् । उनीहरु आजै भुटान जाने छन् । मंगलबार भने उनीहरु होटल द्वारिकाजमा बसेका छन् ।जहाज चार्टर गरेर विश्व भ्रमणमा निस्किएका उनीहरुले नेपाललाई पनि आफ्नो भ्रमण देशको सूचीमा राखेर नेपाल उत्रिएका थिए । काठमाडौँबाट उनीहरु मुस्ताङको ल्होमान्थाङसम्म जाने तालिका थियो । तर, मौसम खराबीका कारण उनीहरु जान पाएनन् । एक हप्ता नेपाल घुम्ने गरी आएका अमेरिकी अर्बपतिहरु मुस्ताङको ल्होमान्थाङदेखि चितवनको मेघौली र धुलिखेलसम्म घुम्ने तालिका थियो । तर, बुधबार धुलिखेल पुग्नेबाहेक अरु तालिका अनुसार उनीहरु घुम्न पाएनन् । आज धुलिखेलमा बिहानको खाजा खाएर उनीहरु भुटान जान तयार भएका छन् । उनीहरुलाई भुटान एयरलाइन्सको चार्टर जहाजले भुटान लैजाने छ । २ दिन भुटान घुमेर उनीहरु शुक्रबार पुनः काठमाडौँ आउने छन् । त्यसपछि आफ्नै जहाज लिएर भारत जानेछन् । वासिङटनबाट घुम्न निस्किएका उनीहरु १३औँ दिनमा नेपाल आइपुगेका हुन् ।

अवतरण भयो सन्दीप लामिछाने आएको कतार एयरलाइन्सको जहाज

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने आउने भनिएको कतार एयरवेजको जहाज आधा घन्टासम्म आकाशमा होल्ड भई  त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। उक्त जहाज निर्धारित समयभन्दा ५० मिनेट ढिलो काठमाडौँस्थित विमानस्थलमा अवतरण गरेको हो। खराब मौसमका कारण कतार एयरवेजको उक्त जहाज अवतरण गर्न नसकी ओभरसुट गरिएको थियो।  हो। क्यूटीआर ६४८ कलसाइन भएको उक्त जहाज  काठमाडौँको आकाशमा खराब […]

सन्दीप रहेको भनिएको कतार एयरवेजको जहाज ओभरसुट, ल्यान्ड गर्न नसकेपछि आकाशमै होल्ड

काठमाडौं : कतार एयरको जहाज एप्रोच नमिलेपछि ओभरसुट गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा मौसमका कारण एप्रोच नमिलेपछि ओभरसुट गरेको हो। विमानस्थलका एक कर्मचारीका अनुसार यो जहाज अहिले आकाशमै होल्ड भएको छ। नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थल  पुगेको छ।…