बेलायती विश्वविद्यालयका विद्यार्थीले परिक्षाअघि राम्रो नतिजा ल्याउन भन्दै ‘प्रेस्क्रिप्सन’ बिना औषधि सेवन गरेको समाचार सार्वजनिक भएपछि अनुसन्धान सुरु गरिएको छ । बेलायतस्थित विभिन्न विश्वविद्यालयका उपकुलपति आबद्ध संस्था ‘युनिभर्सिटिज यूके’ ले विश्वविद्यालयका विद्यार्थीले परीक्षाका बेला आफ्नो स्मरण शक्ति र ध्यान बढाउन औषधि प्रयोग गर्ने गरेका विषयमा अनुसन्धान गर्न आदेश दिएको हो । संस्थामा १ सय ४० भन्दा बढी विश्वविद्यालय तथा कलेज सदस्य छन् ।