क्लाइभ वेयरिङ कुनै बेलाका उत्कृष्ट सङ्गीतकर्मी तथा अकेस्ट्रा कन्डक्टर थिए । तर उनलाई हाल ३० सेकेन्डको स्मरण शक्ति भएका व्यक्तिको रुपमा चिनिन्छ । उनी सबैभन्दा खराब एम्नेसियाद्वारा ग्रसित छन् ।आफ्नो जीवनको धेरैजसो कुरालाई सम्झन नसक्नु र कुनै पनि नयाँ सम्झनाहरु स्थापित गर्न असमर्थ हुनुको स्थितिलाई के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? केही गर्नु र कसैलाई भेट्नु अनि त्यसपछि त्यो काम वा ती व्यक्तिलाई ७ देखि ३० सेकेन्ड भित्रै बिर्सनु – यस्तो अवस्था कसैले पनि सोच्न सक्दैन । सबैभन्दा दुःखदायी कु