आईपीओमा बढ्दो आकर्षण

डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुुगेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको सङ्ख्या बढिरहेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म ३२ लाख ११ हजार ४१६ पुुगेको छ ।

सम्बन्धित सामग्री

प्रवासीका लागि आरक्षित आईपीओमा देखिएन आकर्षण

काठमाडौं, पुस २५ । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को आरक्षित धितोपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको आकर्षण न्यून देखिएको छ । प्रवासमा रहेका कामदारले भने विदेशबाटै अनलाइनमार्फत बैंकमा रेमिट्यान्स (विप्रेषण) बचत खाता खोल्नुपर्ने बाध्यता, त्यसका झन्झटिला प्रावधान र समयमै सीआरएन नम्बर प्राप्त गर्न नसक्दा आरक्षित आईपीओमा आवेदन दिन नपाएको गुनासो गरेका छन् । गत कात्तिक १७ […]

जाल्पा लघुवित्तको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

माघ २५, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । गत माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको  कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले छिटो अवधिमा नै विक्री बन्द हुन लागेको हो । कम्पनीको आईपीओमा सोमवारसम्म मागभन्दा ५५ दशमलव ८६ गुणा बढी आवेदन परिसकेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार उक्त दिनसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकहरुले २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन ।  प्राथमिक बजारमा तीन महीनापछि निष्कासनमा आएको उक्त कम्पनीको आईपीओ खरीदका लागि लगानीकर्ताहरुको उच्च आकर्षण रहेको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।  आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी रू. १६ करोड पुग्नेछ । हालको आईपीओ बाँडफाँटको व्यवस्था अनुसार भाग्यमानी ४८ हजार ७९० जनाले जाल्पा सामुदायिक लघुवित्रको शेयर १० कित्ताका दरले प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणासम्मको मूल्य रेञ्ज तोक्ने देखिएको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७६\ ७७ सम्ममा रू. १६४ दशमलव ६० रहेको छ । गत आर्थिक वर्ष २०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. ३७९ दशमलव ८६ रहेको छ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज तोक्ने गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराउने क्रममा अपरिस्कृतलाई परिस्कृत गराई वास्तविक बनाएमा नेप्सेले प्रतिकित्ता रू. ३७९ दशमलव ८६ देखि १ हजार १३९ दशमलव ५८ सम्मको मूल्य रेञ्ज तोकिने सम्भावना छ भने अन्यथा कम्पनीको आर्थिक वर्ष २०७६\ ७७ सम्मकै वास्तविक प्रतिशेयर नेटवर्थकै आधारमा मूल्य रेञ्ज तोकिने नेप्सेले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६\ ७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा भने कम्पनीले पहिलो कारोबारका रू. १६४ दशमलव ६० देखि रू. ४९३ दशमलव ८० सम्मको मूल्य रेञ्ज को मूल्य रेञ्ज पाउने देखिन्छ ।

जाल्पा सामुदायिकको आईपीओका लागि पहिलो दिनमै १५ गुणा बढी आवेदन

२१ माघ, काठमाडौं । करिब ६ महिना पछि खुलेको साधारण सेयर (आईपीओ) मा सर्वसाधारणको आकर्षण देखिएको छ । शुक्रबारदेखि आवेदन खुला भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिन नै १५ गुणा बढी आवेदन परेको हो । सेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने निकाय सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार साझ ६ बजेसम्म करिब […]

शेयरबजारमा आकर्षण र अवसर : लगानीकर्ताको संख्या ४६ लाखभन्दा बढी

कात्तिक १९, काठमाडौं । अधिकांश नेपालीका लागि अनभिज्ञ क्षेत्रका रुपमा रहेको शेयर बजार केहि वर्षयता मध्यम वर्गको आकर्षण र अवसरको केन्द्र बन्न थालेको छ।  शेयरमा लगानी गर्नेहरुको संख्या दलाल व्यवसायीमा कारोबार गर्न आउने गरेको भिडले पनि पुष्टि हुन्छ ।शेयर बजारमा अनलाईन कारोबार शुरु भएपछि शेयर खरीदविक्री र भुक्तानीका लागि ब्रोकर कार्यालय जानु नपर्ने आजको अवस्थाले त लगानीकर्तालाई झन सहज बनाइदिएको छ । बैंक तथा वित्तीय संस्थाका ढोकामा शेयर खरीदको लागि डिम्याट खाता खोल्न  आउने सर्वसाधारणको थामिनसक्नु भीडले पनि यस्तै पुष्टि गर्छ  । विभिन्न कम्पनीले निष्कासन गर्ने प्राथमिक शेयर(आईपीओ) मा मागभन्दा कयौं गुणा बढी आवेदन परिरहेको छ। दोस्रो बजारमा पनि शेयर खरीदविक्री गर्नेको संख्या बढ्दै गएको छ। सीडीएससीका अनुसार अहिले शेयरबजारमा संलग्न लगानीकर्ताको संख्या ४६ लाख ६ हजारभन्दा बढी पुगेको छ । यो तथ्यांक गत कात्तिक १६ गतेसम्मको हो । उक्त अवधिसम्ममा ४६ लाख ६ हजार ८२७ जना लगानीकर्ताले शेयरको डिम्याट (अभौतिकीकरण) खाता खोलेका छन् । त्यसैगरी विद्युतीय प्रणाली (अनलाइन) मार्फत शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या झन्डै ११ लाख पुगेको छ । पछिल्लो वर्षदेखि आईपीओमा लगानी गर्ने लगानी गर्ने लगानीकर्ताको संख्या बढिरहेको पुष्टि उक्त तथ्यांकले पनि गर्दछ । केहिसाता यता शेयर कारोबारमा उतारचढाब चलिरहेपनि आईपीओ तथा दोस्रो बजारमा लगानीकर्ताहरुको संलग्नता बढ्दै गएको देखिएको छ ।  सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७/ ७८ मा मात्र शेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका थिए । २०७७ असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६०० मात्र थियो । हालसम्म ७ अर्ब ३९ करोड १८ लाख ६९ हजार ६३१ कित्ताभन्दा बढी शेयर अभौतिकीकरण भएको छ ।  विगत एक वर्षदेखिको तथ्यांक र आईपीओमा पर्ने आवेदनलाई आधार मान्ने हो भने आगामी दिनमा मध्यमवर्ग मात्र होइन, सर्वसाधारण(भूईंतह) को पनि आकर्षण बढ्ने निश्चित जस्तै छ ।  शेयरबजारमा आकर्षण र अवसर दुवै भएता पनि यसमा सवैले  सोचेजस्तो गरी आम्दानी भने गर्न सक्दैनन् । एक जना लगानीकर्ता भावना शर्माका अनुसार शेयर बजारमा कमाउने सम्भावना जति उच्च छ उतिकै उच्च छ गुमाउने जोखिम पनि ।

आईपीओमा बढ्यो आकर्षण, मध्य भोटेकोशीको शेयरमा आवेदन दिने करिब २३ लाख पुगे

आईपीओमा बढेको आकर्षणले डिम्याट खाता खोल्ने र शेयर बजारमा प्रवेश गर्ने संख्या समेत बढेको छ ।

आईपीओमा बढ्यो आकर्षण, मध्य भोटेकोशीको शेयरमा आवेदन दिने करिब २३ लाख पुगे

आईपीओमा बढेको आकर्षणले डिम्याट खाता खोल्ने र शेयर बजारमा प्रवेश गर्ने संख्या समेत बढेको छ ।

सि आस्बाबाट आईपीओमा आवेदन गर्दा बैंकले कति लिन्छन् शुल्क ?

असार १९, काठमाडौं । सि आस्बा सेवा दिएवापत केही बैंक तथा वित्तीय संस्थाले निश्चित शुल्क लिने गर्दछन् ।  सि आस्बाबाट आईपीओमा आवेदन दिएवापत बैंक तथा वित्तीय  संस्थाले फरक - फरक शुल्क लिएको गुनासो सर्वसाधारणले गर्ने गरेका छन् । तर कतिपयले भने सो सेवा नि : शुल्क रुपमा दिंदै आएका छन् । २७ ओटा वाणिज्य बैंकमध्ये १० ओटा बैंकले सि आस्बाबाट आईपीओ भर्दा नि : शुल्क गर्दै आएका छन् भने बाँकीले शुल्क लिने गरेका छन् ।  उक्त सेवावापत सबैभन्दा बढी अर्थात् स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० रुपैयाँ शुल्क लिने गरेको छ । उक्त कम्पनीबाट आईपीओमा आवेदन दिएपिच्छेनै रू. १०० शुल्क लिएको गुनासो सामाजिक सञ्जालमा व्यापक रुपमा आउने गरेको छ । यद्यपि यो शुल्क प्रचलित नियमभित्र नै रहेको देखिन्छ । बाँकी अन्य बैंकले पनि रू. १० देखि २५ सम्म यस्तो शुल्क लिएको पाइन्छ । लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकले सि आस्वा शुल्क दिएवापत २५ रुपैयाँ शुल्क ग्राहकको खाताबाट काट्ने गरेका छन् ।  पछिल्लो समय विभिन्न कम्पनीले जारी गर्ने आईपीओप्रति सर्वसाधारणको आकर्षण उच्च रहेको छ । कतिपय बैंकहरुले भने आफ्ना ग्राकहहरुलाई सुविधा पुर्‍याउन र  बैंकप्रति आकर्षित गर्नका लागि निः शुल्क आस्बा सेवा दिंदै आएका छन् ।  सिडिएससीका अनुसार शुक्रवारसम्म डिम्याट खाताको संख्या ३६ लाख ३१ हजार ५९८ पुगेको छ । यसमध्ये करीब २१ लाख लगानीकर्ताले आईपीओ भर्दै आएका छन् ।  केहि दिन अगाडिमात्र जीवन विकास लघुवित्तको आईपीओमा करीब २१ लाख जना सर्वसाधारणले आवेदन दिएका थिए । आईपीओमा उच्च संख्यामा आवेदन पर्न थालेसँगै नि :शुल्क सेवा दिंदै आएका केही बैंकहरुले पनि ग्राहकबाट शुल्क लिन शुरु गरेका छन् ।  नेपाल धितोपत्र बोर्डले ल्याएको आस्वा निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरीद सम्वन्धी सुविधा उपलब्ध गराए वापत बढीमा १०० रुपैयाँ लिन पाउने प्रावधान रहेको छ । बैंक तथा वित्तीय संस्थाले दरखास्त संकलन शुरु गर्नुभन्दा कम्तीमा तीन दिन अघि लिने शुल्कको बारेमा दैनिक पत्रिका वा कार्यालयको सूचना पाटीमा, वेबसाइटमा सर्वसाधारणहरुलाई जानकारी गराउनपर्ने प्रावधान रहेको छ । तर बैंकहरुले लिने शुल्क भने  सार्वजनिक गर्ने गरेका भने छैनन्  । उनीहरुको वेबसाइटमा कहीं कतै उल्लेख गरेको पनि देखिदैंन । यद्यपी कम्पनीहरुले यो शुल्क आईपीओ परेपनि नपरेपनि आवेदन दिएपिच्छेनै ग्राहकको खाताबाट काट्ने गर्दछन् ।  आईपीओमा आवेदन दिएपिच्छेनै रकम काटिने व्यवस्थालाई परिवर्तन गरेर आईपीओ परेको खण्डमा शुल्क लिन र नपरेको खण्डमा  शुल्क नलिने व्यवस्था ल्याउन लगानीकर्ताले माग गर्दै आएका छन् । आईपीओ शुल्क लिने र नलिने वाणिज्य बैंकहरु :

डिम्याट खाताको संख्या ३१ लाख, आधाले मात्रै किन भर्छन् आईपीओ ?

२३ फागुन, काठमाडौं । सेयर बजारमा पछिल्लो समय यतिधेरै आकर्षण देखिएको छ कि गल्लीका चिया पसलहरुमा पनि अहिले ‘आईपीओ’ का विषयमा छलफल हुन्छ । शुक्रबारदेखि खुलेको ज्योति लाइफ इन्स्यारेन्सको आईपीओमा पहिलो दिन नै पौने तीन लाख जनाले आईपीओका लागि आवेदन दिएका छन् । सेयर बजारको प्राथमिक बजार आईपीओमा जोखिम कम हुने र नाफा कमाउने सकिने […]

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा तीन दिनमै १४ अर्ब रुपैयाँ बढीको आवेदन

५ माघ, काठमाडौं । गत शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । निष्काशन शुरु भएको तीन दिन (सोमबार) सम्ममामात्रै १४ अर्ब रुपैयाँ भन्दा धेरै रकम बराबरको आईपीओ …