जाल्पा लघुवित्तको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

माघ २५, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । गत माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको  कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले छिटो अवधिमा नै विक्री बन्द हुन लागेको हो । कम्पनीको आईपीओमा सोमवारसम्म मागभन्दा ५५ दशमलव ८६ गुणा बढी आवेदन परिसकेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार उक्त दिनसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकहरुले २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन ।  प्राथमिक बजारमा तीन महीनापछि निष्कासनमा आएको उक्त कम्पनीको आईपीओ खरीदका लागि लगानीकर्ताहरुको उच्च आकर्षण रहेको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।  आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी रू. १६ करोड पुग्नेछ । हालको आईपीओ बाँडफाँटको व्यवस्था अनुसार भाग्यमानी ४८ हजार ७९० जनाले जाल्पा सामुदायिक लघुवित्रको शेयर १० कित्ताका दरले प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणासम्मको मूल्य रेञ्ज तोक्ने देखिएको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७६\ ७७ सम्ममा रू. १६४ दशमलव ६० रहेको छ । गत आर्थिक वर्ष २०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. ३७९ दशमलव ८६ रहेको छ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज तोक्ने गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराउने क्रममा अपरिस्कृतलाई परिस्कृत गराई वास्तविक बनाएमा नेप्सेले प्रतिकित्ता रू. ३७९ दशमलव ८६ देखि १ हजार १३९ दशमलव ५८ सम्मको मूल्य रेञ्ज तोकिने सम्भावना छ भने अन्यथा कम्पनीको आर्थिक वर्ष २०७६\ ७७ सम्मकै वास्तविक प्रतिशेयर नेटवर्थकै आधारमा मूल्य रेञ्ज तोकिने नेप्सेले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६\ ७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा भने कम्पनीले पहिलो कारोबारका रू. १६४ दशमलव ६० देखि रू. ४९३ दशमलव ८० सम्मको मूल्य रेञ्ज को मूल्य रेञ्ज पाउने देखिन्छ ।   

सम्बन्धित सामग्री

बाराहीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। मंसिर २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ। बाँकी […]

पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स् हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बन्दसूची पेस गर्ने आज अन्तिम दिन, प्रमुख दलहरू आयोग जाँदै

४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन प्रमुख दलरूले बुझाउँदै छन् ।

इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इस्टर्न हाइड्रोपावरले आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

मन्दाकिनी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

साउन ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको मन्दाकिनी हाइड्रोपावरमा आवेदन दिने आज अन्तिम दिन हाे ।

श्वेत गंगा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले जारी गरेको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

मेडिकल काउन्सिल निर्वाचनको आज अन्तिम दिन, काठमाडौं र ललितपुरमा हुँदैछ मतदान

नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत आज काठमाडौं र ललितपुरमा मतदान हुँदैछ। उपत्यकाबाहिर दुई र उपत्यकाभित्र दुई गरी चार दिनसम्म हुने मतदानको आज अन्तिम दिन हो।

जनगणनाको आज अन्तिम दिन

काठमाडौं, मंसिर ९ । गत मंसिर २५ गतेदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन रहेको छ । यस अभियान अन्र्तगत आज अन्तिम दिन पनि गणकहरुले विवरण संकलन गरिरहेका छन् । यसक्रममा आफ्ना घर(घरमा आउने गणकहरुलाई सही र एकिन विवरण उपलब्ध गराइ सहयोग गर्न केन्द्रीय तथ्याङक विभागले अनुरोध गरेको छ […]

तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कात्तिक, काठमाडौं । सानिमा बैंक, माछापुच्छ्र्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र ती कम्पनीको शेयर खरीद गरी शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन् । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सांग्रिलाले कात्तिक ५ गते, सानिमा र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते आइतबार शेयर दाखिल खारेजी […]