सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिएका छन् ।  उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको छैन । कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अन्य क्षेत्रमा रोजगारीको अवसर भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन विभागले सूचनामार्फत आग्रह गरेको छ । यस्तो खालको ठगीका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको र यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न विभागद्वारा प्रकाशित उक्त सूचनामा भनिएको छ । इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहले गैरकानूनी रूपमा रकम उठाउने गरेको सूचना विभागमा आएको प्रवक्ता तथा सूचना अधिकारी उप्रेतीले बताएका छन् ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या

वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा प्राविधिक समस्या आएको छ।...

दुई वैदेशिक रोजगार व्यवसायी कारबाहीमा

काठमाडौं- वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो । विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले विभागको […]

वैदेशिक रोजगार विभागको महानिर्देशकमा आचार्य

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव उमाकान्त आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा पठाएको छ ।

अब अनलाइनबाटै वैदेशिक रोजगार सम्बन्ध सेवाहरू प्रदान गरिने

वैदेशिक रोजगार सम्बन्ध सेवाहरू अनलाइन सेवाबाट प्रदान गरिने भएको छ ।  आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । वैदेशिक रोजगार व्यवस्थापना सूचना प्रणालीलाई स्तरोन्ति गरी वैदेशिक रोजगार सम्बन्ध सेवाहरू अनलाइन प्रणालीबाट प्रदान गरिने व्यवस्था मिलाइने उनले बताए ।  हाल काठमाडौंबाट प्रदान...

भैरहवामा जेठभित्र वैदेशिक रोजगार कार्यालय खुल्ने

१० जेठ, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सेवा दिन भैरहवामै वैदेशिक रोजगार कार्यालय खुल्ने भएको छ । श्रम स्वीकृतिका प्रक्रिया पूरा गर्ने जिम्मेवारीसहित जेठ महिनाभित्रै भैरहवामै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने तयारी भएको हो । विमानस्थलमा कुवेतबाट जजिरा एयरलाइन्सले नियमित उडान सुरु गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]

वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने सबै सेवा अब अनलाइनबाट लिन सकिने

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता लगायतका अन्य सेवाहरू अब अनलाइनबाट लिन सकिने भएको छ । आज सोमबारदेखि बोर्डबाट प्रदान हुने आर्थिक सहायता लगायतका सेवा वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीबाट प्रदान गर्न थालिएको हो । वैदेशिक रोजगार नियमावली २०६४ को पाँचौँ संशोधनमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि वा करार अवधि सकिएको एक वर्ष भित्र कुनै कारणले मृत्यु, अङ्गभङ्ग वा गम्भीर बिरामी भएमा घटना घटेको मितिले एक वर्ष भित्र बोर्डमा नियम अनुसार आर्थिक सहाय...

वैदेशिक रोजगार बोर्ड पनि एनपीआईमा आबद्ध

वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मा जोडिइ भुक्तानीहरु पूर्ण स्वचालितरुपमा गर्न दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआइै अन्तर्गतको प्रणालीसँग जोडी सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्ता...

वैदेशिक रोजगार विभागमा मन्त्रीको अनुगमन, गुनासो सम्बोधन गर्न निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन् ।आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरुले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै विभागका कर्मचारीहरुले कार्यशै

८५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी खारेजीको जोखिममा

वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी जोखिममा परेका हुन् ।विभागका अनुसार वैदेशिक रोजगार ऐनबमोजिम दर्ता भएका कम्पनी ८५४ रहेकामा ७३१ वटा खारेजीको जोखिममा छन् । हालको कानुनी व्यवस्थाअनुसार नवीकरण गर्न दिए करिब १५ प्रतिशत कम्पनी मात्रै वैधानिक रहनेछन् ।विभागले वैदेशिक रोजगार ऐनअनुसार आव २०७६/७७ मा एक सय र २०७७/७८ एक सय श्रमिक पठा