विश्व टेस्ट च्याम्पियनलाई १६ लाख डलर

लन्डन, (एजेन्सी) । विश्व टेस्ट च्याम्पियनसिप २०२१–२३ क्रिकेट प्रतियोगिताको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पुरस्कार राशी अनुसार विश्व टेस्ट च्याम्पियनसिपको विजेताले १६ लाख अमेरिकी डलर पाउने भएका हुन् । आईसीसीले च्याम्पियनसिपको फाइनल अघि पुरस्कार राशि सार्वजनिक गरेको हो । त्यस्तै, च्याम्पियनसिपको उपविजेताले आठ […]

सम्बन्धित सामग्री

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिप जित्ने टिमले १६ लाख डलर पुरस्कार पाउने !

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपका लागि पुरस्कार रकमकाे घाेषणा गरेकाे छ । आईसीसीका अनुसार टेस्ट च्याम्पियनशिप २०२१–२३ का लागि ९ टिमलाई ३८ लाख डलर दिइनेछ । विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनल लन्डनकाे ओभल मैदानमा अस्ट्रेलिया र भारतबीच हुँदैछ । फाइनल खेल आउँदाे जुन ७ देखि ११ सम्म हुनेछ ।फाइनल जित्ने टिमले १६ लाख डलर (२१ कराेड रुपैयाँभन्दा धेरै) पाउनेछ भने उपविजेताले ८ लाख डलर पाउनेछ । यस्तै वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे वरीयतामा तेस्राे स्थानमा रहेकाे दक्षि...

विश्व टेष्ट च्याम्पियनसिपको पुरस्कार राशि सार्वजनिक

१२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व टेष्ट क्रिकेट च्याम्पियनसिप फाइनलअघि प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको छ । अस्ट्रेलिया र भारतबीच विश्व टेष्ट च्याम्पियनसिप २०२१–२३ को फाइनल खेल इंग्ल्याण्डको ओभल मैदानमा ७ जुनदेखि सुरु हुनेछ । यो खेलको विजेता टेष्टको विश्व च्याम्पियन बन्नेछ भने १६ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ । उपविजेता टिमले […]

टी–२० विश्व कप जित्ने टिमले २० कराेड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्ट्रेलियाकाे मेलबर्नमा हुने पुरुष टी–२० विश्व कपका लागि पुरस्कार राशिकाे घाेषणा गरेकाे छ । आईसीसीका अनुसार विश्व कप जित्ने टिमले २० कराेड रुपैयाँ (१६ लाख अमेरिकी डलर) भन्दा धेरै पाउने छ ।  यस्तै उपविजेताले यसकाे आधी अर्थात् आठ लाख अमेरिकी डलर पाउने छ । सेमिफाइनल पुग्ने टाेलीले चार लाख डलर पाउने आईसीसीले जनाएकाे छ ।  टी–२० विश्व कपमा १७ टिमले खेल्नेछन्, याे प्रतियाेगिता झन्डै एक महिनासम्म चल्ने छ ।  प्रतियाेगितामा आठ टिम सुपर १२ मा आउर बाह...

कर्णालीमा वित्तीय पहुँच बढाउने अभियान

वित्तीय साक्षरताको दृष्टिकोणले गएको मार्च महिना विशेष महत्त्वको रह्यो । मार्च महिनाको १० र ११ तारिखका दिन कर्णाली प्रदेशको सुर्खेतमा मिडिया इन्टरनेशनलको आयोजनामा पहिलो पटक दुई दिने वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी कार्यक्रम सम्पन्न भयो । २१ देखि २७ तारिखसम्म नेपाल राष्ट्र बैंकको अगुवाइमा दशौं विश्व वित्तीय सप्ताह मुलुकभर मनाइयो । यी दुवै कार्यक्रमको मुख्य उद्देश्य बचत, कर्जा, बीमा, विप्रेषण, उद्यमशीलताको विकास लगायतका विषयमा जानकारी दिई पैसाको सही व्यवस्थापन गर्न सिकाउनु रहेको थियो । प्रविधिको विकास सँगसँगै विद्युतीय वित्तीय कारोबारलाई वित्तीय साक्षरता कार्यक्रमले जोड दिँदै आएको छ । वित्तीय साक्षरताको माध्यमबाट पैसाको सदुपयोग गरी वर्तमानमा उचित वित्तीय व्यवस्थापन र भविष्यको जोखिम न्यून गर्न सकिने भएकाले मानिसको जीवनमा वित्तीय साक्षरताको ठूलो महत्त्व रहेको हुन्छ । विश्व वित्तीय सप्ताह मनाउने क्रममा नेपाल राष्ट्र बैंकको अगुवाइमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू, धितोपत्र बोर्ड, सहकारी विभाग, बीमा समितिलगायतको सहभागितामा विभिन्न उपलब्धिमूलक कार्यक्रमहरूको आयोजना गरिएको थियो । यसका साथै, नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रमलाई मुलुकव्यापी बनाइएको थियो । ‘तिम्रो भविष्य बनाऊ, पैसाको बारेमा विवेकशील बन’ भन्ने नाराका साथ मनाइएको विश्व वित्तीय सप्ताहको मुख्य उद्देश्य किशोर/किशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्त्व बारे जागरण ल्याउनु रहेको थियो । ओईसिडिको संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष मनाउँदै आएको वित्तीय साक्षरता अभियानले वित्तीय जनचेतना वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । मुलुकका सातै प्रदेशहरू आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, मानव विकास आदि दृष्टिकोणले समान छैनन् । भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको विकास, वित्तीय पहुँच, शिक्षा, स्वास्थ्य आदि दृष्टिकोणले कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा कमजोर रहेको देखिन्छ । प्राप्त तथ्यांक अनुसार यस प्रदेशमा बसोबास गर्ने झण्डै १६ लाख जनसंख्यामध्ये गरीबीको रेखामुनि रहेको जनसंख्या २९ प्रतिशत रहेको छ भने ४४ प्रतिशत जनसंख्या आर्थिक रूपले अति पछाडि परेका छन् । कुल गार्हस्थ उत्पादनमा यस प्रदेशको योगदान ३.४ प्रतिशत र प्रतिव्यक्ति आय ५९७ अमेरिकी डलर रहेको तथ्यांकमा उल्लेख छ । गरीबीका दृष्टिले नेपालका सबैभन्दा गरीब ५ मध्ये ३ जिल्ला कालीकोट, मुगु र हुम्ला यही प्रदेशमा पर्ने र मानव विकासका सबै सूचकहरूमा कर्णाली प्रदेश सबैभन्दा कमजोर रहेको देखिन्छ । यस प्रदेशमा आर्थिक गतिविधिहरू सञ्चालन हुन नसक्दा आर्थिक रूपले विपन्न जनसंख्याको उल्लेख्य अंश रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहिआएको छ । आर्थिक गतिविधिको न्यून सञ्चालन, भौगोलिक अवस्थिति, कमजोर भौतिक पूर्वाधार र प्रविधिको विकास तथा वित्तीय पूर्वाधारको कमीलगायतका कारण बैंक तथा वित्तीय संस्थाको उपस्थिति यस प्रदेशमा अत्यन्त न्यून रहेको छ । प्राप्त तथ्यांक अनुसार यस प्रदेशमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाको कुल शाखामध्ये ४४४ वटा शाखा (३.९६ प्रतिशत) रहेको छ । यस तथ्यांकले कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाको एउटा शाखाले (लघुवित्त वित्तीय संस्था सहित) ३,५३६ जनालाई वित्तीय सेवा प्रदान गरिरहेको देखाउँछ । त्यसैगरी, ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको २२७ वटा शाखा (४.५० प्रतिशत) सञ्चालनमा रहेका छन् भने मुलुकभर रहेका २९,८८६ सहकारी मध्ये १,९६७ सहकारी संस्था (६.५८ प्रतिशत) यस प्रदेशमा रहेको तथ्यांकले देखाउँछ । आर्थिक गतिविधि सञ्चालन गर्न पूँजीको आवश्यकता पर्दछ र यस्तो पूँजी बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाले उपलब्ध गराउँछन् । तर, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाको न्यून उपस्थितिले यस प्रदेशमा आर्थिक गतिविधि सञ्चालन हुन नसकेकाले गरीबीको चाप घट्न सकेको छैन । विगतमा सरकारका तर्फबाट यस प्रदेशमा सञ्चालित गरीबी न्यूनीकरणसँग सम्बन्धित कतिपय कार्यक्रमहरू लक्षित वर्गसम्म पुग्नै सकेनन् भने पुगेका कार्यक्रम पनि माछा मार्न सिकाउनेभन्दा पनि माछा मारेर हातमा राखिदिने ढाँचामा सञ्चालन भए । त्यसैले ती कार्यक्रमहरू उपलब्धिमूलक र दिगो हुन सकेनन् । बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थितिले गर्दा बैंकिङ क्षेत्रबाट सञ्चालित गरीबी न्यूनीकरणसँग सम्बन्धित निर्देशित कार्यक्रमहरू स्वाभाविक रूपमा न्यून संख्यामा सञ्चालन हुँदै आएका छन् । यसरी आर्थिक गतिविधिको न्यून सञ्चालन र गरीबीको रेखामुनि रहेको जनसंख्याको अंश उल्लेख्य रहेकाले यस प्रदेशमा ठूला बैैक तथा वित्तीय संस्था भन्दा लघुवित्त वित्तीय संस्थाको उपस्थिति बढी आवश्यक देखिन्छ । लघुवित्त वित्तीय संस्थामार्फत विनाधितो सामूहिक जमानीमा प्रदान गरिने कर्जाले लक्षित वर्गमा स्वरोजगारको विकास गरी आर्थिक गतिविधिमा संलग्न गराउन सहयोग पुग्दछ । तर, लघुवित्त वित्तीय संस्थाको न्यून उपस्थितिले त्यस्ता कार्यहरू सञ्चालन हुन नसकेकाले लक्षित वर्गको समग्र अवस्थामा सकारात्मक परिर्वतन हुन सकेको पाइँदैन । उल्लिखित परिदृश्यमा कर्णाली प्रदेशमा हालसालै सञ्चालन गरिएको वित्तीय साक्षरता र उद्यमशीलतासम्बन्धी कार्यक्रमले त्यस क्षेत्रका सर्वसाधारणमा वित्तीय चेतना वृद्धि भई पैसाको सही व्यवस्थापन र वित्तीय कारोवार कसरी गर्ने भन्ने वारेमा जानकारी पाउने अवसर प्राप्त भएको छ । विगतदेखि मुलुकका विभिन्न भागमा सञ्चालन हुँदै आएको वित्तीय जागरण राष्ट्रिय अभियानलाई निरन्तरता दिने उद्देश्यले नेपाल धितोपत्र बोर्ड, बीमा समिति, युवा स्वरोजगार कोष, नेपाल लघुवित्त बैंकर्स संघलगायतले आ–आफ्ना उत्पादनसँग सम्बन्धित जानकारीमूलक कार्यक्रमहरूले सर्वसाधारणलाई ती उत्पादनसँग परिचित हुने अवसर प्राप्त भएको छ । वित्तीय साक्षरता कार्यक्रमका विभिन्न विधिहरूमध्ये वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी कार्यक्रम एउटा प्रभावकारी विधि हो । यस्ता कार्यक्रमले वित्तीय कारोबारसँग सम्बन्धित वित्तीय अनुशासन, बजेट र योजना, बचतको महत्त्व, कर्जाको सदुपयोग, विप्रेषण र यसको वैधानिक कारोबार, आयआर्जनका उपायहरू, ब्याजदर, खराब कर्जा र यसले निम्त्याउन सक्ने जोखिम, सफा नोट नीति, विद्युतीय वित्तीय कारोबार लगायतका बारेमा विस्तृत रूपमा जानकारी दिने भएकाले कर्णाली प्रदेशका लक्षित वर्गलाई वित्तीय साक्षरता प्रदान गरी वित्तीय कारोबार र उद्यमशीलतातर्फ आकर्षित गर्न प्रेरणा प्रदान गर्नेछ । लेखक लघुवित्तसम्बन्धमा जानकार व्यक्ति हुन् ।