विराटनगर भन्सार कार्यालयले गत वर्षका चार महिनामा ८ अर्ब ८१ करोड २९ लाख ५४ हजार रुपैयाँ असुली गरेको थियो। चालू वर्षको चार महिनामा १२ अर्ब ७५ करोड ९५ लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ। गत वर्षका चार महिनाको तुलनामा यस वर्ष राजस्व ४ अर्बले वृद्धि भएको छ।