गत वर्ष एक हजार ३३१ व्यापारिक फर्म कारबाहीमा

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजारभन्दा बढी फर्मलाई कारबाही गरेको छ। विभागले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा एक हजार ३३१ व्यापारिक फर्म÷कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेको हो।