व्यापारको नाममा मानव स्वास्थ्यमा खेलवाड, व्यापारीको गोदाममा सरकारी ताला

काठमाडौँ : मुख्य चाडपर्व नजिकिँदै जाँदा सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ। चर्को मूल्यवृद्धि मात्रै होइन म्याद सकिएका सामग्री बेचेर सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने व्यापारिक फर्म तथा पसल धमाधम कारबाहीमा पर्न थालेका छन्।चाडपर्वका वेला आवश्यक खाद्यान्न सामग्रीसहित मिठाईमा समेत व्यापारीले कालोबजारी गर्छन् भन्ने पुष्टि पछिल्लो अनुगमनका क्रममा खुलेका तथ्यले पुष्टि गरेको छ।नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतका मुख्य चाडपर्वको अवसरमा हुनसक्ने महँगी, कृत्रिम अभाव, कालोबजार