गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजीरा : कुवेतबाट मध्य-पूर्वको सिधा उडान

जेठ ४, काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पूर्व, एशिया र यूरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको हो । यसबाट मध्य–पूर्व र यूरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्ने जजिराको विश्वास छ । यो नेपालमा जजीराको दोस्रो उडान सेवा हो । यसले नेपालको तराई क्षेत्रमा बढ्दै गईरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गर्ने विश्वास छ । नयाँँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका भाईस प्रेसिडेन्ट श्री रविन्द्रन भाराथनले भने, 'जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँँ–नयाँँ गन्तव्यहरु थप्दै गईरहेको छ । यसले गर्दा कुवेत र मध्य–पूर्वको सिधा रुटले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ ।' यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ । आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका अध्यक्ष रवीचन्द्र सिंहले भने, “७४ वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्तरराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठूलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्याउनेछ ।'

सम्बन्धित सामग्री

विज एयरले दुई सातापछि गौतम बुद्ध विमानस्थलबाट उडान गर्ने

विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलबाट उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले  उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । उक्त विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् । यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो । […]

गौतम बुद्ध विमानस्थलबाट जजीरा र बीज एयरले दैनिक उडान सञ्चालन गर्ने

काठमाडौँ- कुवेतको जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ । गौतम बुद्ध विमानस्थलबाट कुवेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हाल सातामा तीन उडान गरिरहेको जजीराले सातै दिन उडान […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पश्चिम नेपालमा पर्यटन प्रवद्र्धन गर्ने धेरै सम्भावना बढेको छ । जेठ २ गतेदेखि भैरहवाबाट कुवेत सीधा उडान सुरु गरेको जजिरा एयरवेजले एउटै मात्र अन्तर्राष्ट्रिय उडान भएका कारण दोस्रो सातासम्मै आशा गरेभन्दा बढी यात्रु पाएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमानसेवा कम्पनी हो […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको पहिलो उडान

कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको सुरुवात गरेको हो । यसबाट मध्य–पूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रूपमा जोडिन सक्नेछन् ।यो नेपालमा जजीराको दोस्रो उडान सेवा हो जसले नेपालको […]

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै

दोहा – कुवेतको जजिरा एयरवेजको पहिलो उडान आगामी जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार जजिरा एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ प्रत्यक्ष हवाई सेवा सुरु गर्ने घोषणा गरेको हो । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हुनेछ । यसअघि सन् २०१९ को नोभेम्बरदेखि […]

गौतम बुद्ध विमानस्थलमा १ वैशाखमा परीक्षण उडान

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा नयाँ वर्षको १ वैशाख ०७९ मा परीक्षण उडान गरिने भएको छ । ‘न्यू इयर, न्यू रन वे’ भन्ने नारासहित विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान आज

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ । (शुक्रवार)आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरू प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : यान्त्रिक परीक्षण उडान आजदेखि

कुनै समय आयोजना नै खारेज हुने अवस्थामा पुगेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । ढिलै ...

‘अबको ५ महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन्छ’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् । महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिति) को काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका हुन्  । उनले अबको एक महिनामा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताए । महानिर्देशक क्