विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलबाट उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । उक्त विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् । यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो । […]