काठमाडौं, असोज ३० । मेरुदण्डको तल्लो भागको हड्डी भाँचिएर काठमाडौं मेडिकल कलेज शिक्षण (केएमसी) अस्पतालमा भर्ना भएकी एक महिला (नाम गोप्य) को मिनिमल इनभेसिभ स्पाइन सर्जरी (एमआईएसएस) प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ । केएमसीका दक्ष तथा अनुभवी चिकित्सकहरुले मेरुदण्डको भाच्चिएको हड्डीलाई सिधा बनाउन अत्याधुनिक एमआईएसएस प्रविधिबाट इमेज डाइरेक्सन अनुसार मेरुदण्डको भाच्चिएको हड्डीलाई सिधा बनाएका हुन् […]