मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा आजबाट मिर्गौलाका बिरामीहरूका लागि निःशुल्क डायलाइसिस सेवाको शुभारम्भ गरिएको छ ।हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आज एक कार्यक्रमका बीच हेटौँडा अस्पतालमा मिर्गौलाका बिरामीहरूका लागि ५ वेडको निःशुल्क डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् ।हेटौंडा उपमहानगरपालिकाको समन्वयमा अस्पताललाई ५ वटा डायलाइसिस मेसिन प्राप्त भएको र उक्त मेसिन जडान गरी आजबाट मिर्गौला रोगका बिरामीहरुलाई उपचार सेवाको डायलाइसिस सेवा संचालनमा ल्याएको हो ।ह