शुक्रबार अनाज बोकेका थप तीन पानी जहाज युक्रेनी बन्दरगाहबाट छुटेका छन् । सुरक्षित मार्ग सम्झौता अन्तर्गत रूसको आक्रमणयता पहिलो इनबाउन्ड कार्गो सहित अनाज बोकेका पानी जहाज त्यहाँबाट छुटेका हुन् । कीभले यो सम्झौतालाई अनाजपछि अन्य सामान जस्तै धातुलगायतको निर्यातमा समेत विस्तार गर्न आह्वान गरेको छ ।