सुरक्षा मापदण्ड पालना नगर्ने रेष्टुरेन्ट बन्द गराउने तयारी
१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) को बैठकले व्यवस्थित रुपमा सञ्चालन नभएका उपत्यकाभित्रका खाजा घर तथा रेष्टुरेन्ट बन्द गराउने निष्कर्षमा पुगेको छ ।
उपत्यकामा सञ्चालित धेरै खाजा घर …
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले विभिन्न डिपार्टमेन्ट स्टोर, फार्मेसी तथा अन्य पसलहरूमा अनुगमन तीव्र बनाएको छ । गुणस्तरहीन सामान विक्री वितरण गरेको तथा होटल तथा रेष्टुरेन्ट र खाजाहरूले न्यूनतम सरसफाइलगायत मापदण्ड पालना गरे नगरेकोबारे अनुगमन थालेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारको संयोजकत्वमा प्रहरी र घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवालाहरूको […]
साउन १८, डोटी । जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ ।
यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका विभिन्न शहर जाने र फर्किने क्रममा संक्रमण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझावअनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतवार बसकेको बैठकले गत वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि यहि साउन २४ गते सम्मका लागि बढाउने निर्णय गरेको हो ।
अत्यावश्यक कामबाहेक निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानूनबमोजिम कारवाही गरिने निमत्तप्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । जिल्लामा निषेधाज्ञाको समयमावधि थप गरिएको यो नवौँ पटक हो ।
केन्द्रले आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न, बिहान ६ बजेदेखि राती ८ बजेसम्म पसल खोल्न र बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
विकास निर्माणका काम र त्यसमा प्रयोग हुने यातायातका साधन मापदण्डअनुसार सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, व्युटीपार्लर, जीम हल सञ्चालन गर्न र भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम पनि गर्न नपाइने जारी सूचनामा उल्लेख छ ।
जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ४०० भन्दा बढी पुगेको र यसबाट हालसम्म ११ जनाले ज्यान गुमाइ सकेका छन् । रासस
साउन १, काठमाडौं । उपत्यकामा आगामी साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । शुक्रवार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रजिअसहितको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो ।
आज (साउन १ गते) देखि लागू हुने उक्त आदेशानुसार यसपाली भने पसल तथा अन्य व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । यसअघि ६ बजेसम्म सञ्चालन गर्न भनिएको थियो ।
आदेशमा भीडभाड हुने सबै गतिविधि सिनेमा हल, पार्टी प्यालेस डान्बार, मनोरञ्जनस्थल, रंगशाला, संग्रहालय, सभा, सम्मेलन गर्न रोक लगाइएको छ । आदेशमा खुला स्थानमा हुने भीडभाड, जात्रा, मेला, महोत्सवमा समेत रोक लगाइएको छ ।
अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेन्ट एवम् फाष्टफुड तथा अन्य अडरको टेवअवे तथा होम डेलिभरीका लागि मात्र साँझ ७ बजेसम्म खुला गरिएको छ ।
स्वीकृत क्षमताभन्दा बढी यात्रु नराखी उपत्यकाभित्र सार्वजनिक सवारी सञ्चालन गर्न सकिने र निजी सवारी साधन तोकिएको मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने विगतको आदेशलाई यथावत् राखिएको छ ।
अत्यावश्यक काम विशेषले काठमाडौं भित्रिने सवारी साधनलाई प्रवेश दिइने आदेशमा उल्लेख छ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । स्थानीय ढुवानी भने बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
शर्त पालना गरी पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सकिने विगतको व्यवस्थालाई यथावत् राखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । जसमा २५ जनाभन्दा बढी व्यक्ति एउटै कक्षमा सहभागी गराउन पाइने छैन ।
गोष्ठी सेमिनार, तालीम, बैठक, समीक्षा कार्यक्रम, प्रशिक्षणजस्ता कार्यक्रम भर्चुअल माध्यामबाट गर्न र भौतिकरुपमा उपस्थित हुँदा बढीमा २५ जना मात्रै सहभागी नगराउन आदेशमा भनिएको छ । पुजारीबाट हुने नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइने छैन । रासस
अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराद्वारा आयोजित २२ औं संस्करणको महोत्सव शुक्रबारसम्म चल्नेछ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सडक महोत्सवलाई निरन्तरता दिइएको हो । सडकमै खाऔं, सडकमै नाचौं र रमाऔं भन्ने नारासाथ यसअघि ५ दिन चल्ने महोत्सव अहिले भने ३ दिनमा झारिएको हो । लेकसाडइको हल्लनचोकदेखि बसुन्धरापार्कसम्मको ३ किमि क्षेत्रमा सुरु महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।