अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराद्वारा आयोजित २२ औं संस्करणको महोत्सव शुक्रबारसम्म चल्नेछ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सडक महोत्सवलाई निरन्तरता दिइएको हो । सडकमै खाऔं, सडकमै नाचौं र रमाऔं भन्ने नारासाथ यसअघि ५ दिन चल्ने महोत्सव अहिले भने ३ दिनमा झारिएको हो । लेकसाडइको हल्लनचोकदेखि बसुन्धरापार्कसम्मको ३ किमि क्षेत्रमा सुरु महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।