जनकपुरधाम। धनुषामा प्रहरीकै गाडीबाट एक थुनुवा फरार भएका छन्। बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका १३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन्।
जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला लग्ने क्रममा हिजो साँझ ७ बजे यदुकोहाबाट मुखिया फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।