इन्टरपोलमा रेड नोटिस जारी भएका बलात्कार आरोपी कतारबाट पक्राउ

११ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएका एक जना आरोपी कतारबाट पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा फरार रहेका सुनसरी बराहक्षेत्र नगरपालिका–११, मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका हुन् । इन्टरपोलको नेश्नल कन्ट्रोल ब्यूरो (एनसीबी) दोहाको सहयोगमा उनलाई कतारमा पक्राउ गरेर काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको […]